शपथ ग्रहणको मिति तोक्न आज बागमतीमा सर्वदलीय बैठक बस्दै

इकागज | पुस ८, २०७९

मकवानपुर - बागमती प्रदेशसभामा नवनिर्वाचित प्रदेशसभा सदस्यहरूको शपथग्रहणको मिति र समय निर्धारण गर्ने उद्देश्यले आज सर्वदलीय बैठक बोलाइएको छ । दिनको ११ बजे प्रदेशसभा सचिवलायमा सर्वदलीय बैठक बस्न लागेको हो ।

नवनिर्वाचित सदस्यहरूलाई शपथग्रहण गराउन सर्वदलीय बैठक बस्नको लागि प्रदेशसभाका सबै सदस्यहरूलाई सूचनाको सम्प्रेषण गरिएको सचिवालयका प्रमुख सचिव कृष्णहरि खड्काले जानकारी दिए । बागमती प्रदेशसभामा नुवाकोट जिल्लाको क्षेत्र नं २ (१) बाट प्रत्यक्षतर्फ निर्वाचित भएका  ७२ वर्षीय रामप्रसाद ढुङ्गाना वर्तमान प्रदेशसभामा ज्येष्ठ सदस्य पहिचान भएका छन् । उनी नेकपा माओवादी केन्द्रका तर्फबाट प्रदेशसभाको प्रत्यक्षतर्फको विजयी भएका हुन् ।

बागमती प्रदेशसभाको हाल सभामुख र उपसभामुखको निर्वाचन नभइसकेको अवस्थामा प्रदेशसभाको ज्येष्ठ सदस्य ढुङ्गानाले केही दिनभित्रै प्रदेशप्रमुख यादव चन्द्र शर्माबाट शपथग्रहण गराएपछि प्रदेशसभाका बाँकी एक सय नौजना सदस्यहरूलाई सपथ गराउने छन्  ।

जग्गाको लालपूर्जा हुँदा समेत काठमाडौं महानगरले घर भत्काएको स्थानीयको आरोप

इकागज | पुस ६, २०७९

काठमाडौँ - धोबीखोला करिडोरका घरधनीहरूले काठमाडौं महानगरले घर जग्गाको लालपूर्जा हुँदा समेत ज्यादती गर...

१५ दिनमा कार्यालय र व्यापारिक संस्थाले राखेको होर्डिङ बोर्ड हटाउन काठमाडौँ महानगरको निर्देशन

इकागज | पुस ६, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले महानगरभित्र रहेका कार्यालयको परिचय वा व्यापारिक संस्थाले राखेका होर्...