महानगरको नगर प्रहरी प्रमुखबाट हटाइएका सापकोटा के गर्दैछन् ?

इकागज | भदौ १२, २०७९

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको नगर प्रहरी प्रमुखबाट हटाइएका धनपती सापकोटालाई प्रशासनमा विभागमा लगिएको छ । केही दिन अघिमात्र महानगरले उनलाई नगर प्रहरी प्रमुखबाट हटाउने निर्णय गरेको थियो ।

प्रशासन विभागमा निश्चित समयका लागि महानगरभित्रका जुनसुकै तहका कर्मचारीलाई राख्‍ने व्यवस्था छ । महानगर स्रोतका अनुसार कानुन जारी नभएकाले समय तोकिएको छैन । तीन महिनासम्म प्रशासनमा कर्मचारीलाई राख्न अहिलेको विद्यमान कानुनले दिएको छ ।

महानगरको कर्मचारीलाई प्रशासन विभागमा लगेर राख्न कुनै पनि जिम्मेवारी दिइ राख्नु नपर्ने व्यवस्था छ । महानगरले सापकोटालाई प्रमुखबाट हटाएपछि नगर प्रहरी बलको प्रमुखको जिम्मेवारी नगर प्रहरी उपरीक्षक राजुनाथ पाण्डेले पाइसकेका छन् । 

भदौ २ गतेको निर्णयले उनलाई नगर प्रहरी प्रमुखको जिम्मेवारी दिएको हो । पाण्डेले जिम्मेवारी सम्हालेपछि गैरकानूनी रुपमा निर्माण भएको संरचना हटाउने कार्यलाई महानगरले तीव्रता दिएको छ ।

जिम्मेवारी सम्हालेलगत्तै उनी नगर प्रमुख बालेन्द्र शाहसँग सहरी सुव्यवस्थापनका लागि निरन्तर खटिरहेका छन् ।

काठमाडौँ महानगरले भन्यो- अनधिकृत निर्माण कार्यको कानुनी आधार स्वतः शून्य हुन्छ

इकागज | भदौ १२, २०७९

काठमाडौँ - काठमाडौँ महानगरपालिकाले सार्वजनिक वा सरकारी जग्गा अतिक्रमण गरी भएको अनधिकृत निर्माण कार्यको...

एकाएक किन ताते बालेन ?

इकागज | भदौ ९, २०७९

काठमाडौँ - पछिल्लो २४ घण्टा काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाह चर्चामा रहे । बलिउड फिल्न नायकका...