केन्द्रीय समितिको बैठकमा बिजुक्छेको ब्रिफिङ : चुनावमा भाग लिने तर सरकारमा नजाने

इकागज | भदौ १९, २०७९

भक्तपुर- नेपाल मजदुर किसान पार्टीका केन्द्रीय अध्यक्ष नारायणमान बिजुक्छे आगामी निर्वाचनमा पनि नेमकिपाले भाग लिने तर पुँजीवादी सरकारमा भने नजाने बताएका छन् । नेमकिपाको केन्द्रीय समितिको बैठकमा उनले शासक दलको अकर्मण्यताका कारण राजनीतिप्रति नै जनताको वितृष्णा देखिएको आरोप लगाएका छन् ।

सत्तामा बस्दै आएका नेपालका कम्युनिस्ट पार्टीले समाजवादबारे भ्रम छरेको टिप्पणी गर्दै अध्यक्ष बिजुक्छेले समाजवादमा उत्पादनका मुख्यमुख्य साधन र सेवा सामाजिकीकरण, शिक्षा र स्वास्थ्य निःशुल्कको व्यवस्था, व्यक्तित्व विकासमा समान अवसर, धनी र गरिबको दूरी कम गर्ने, गाउँ र सहरबीचको भेद कम गर्नेजस्ता बन्दोबस्त लागू हुनुपर्नेमा जोड दिए ।

बैठकमा नेमकिपाका केन्द्रीय सचिव प्रेम सुवालले पार्टी केन्द्रीय समितिको प्रतिवेदन प्रस्तुत गरेका थिए । पार्टीको केन्द्रीय परिषद् बैठक शनिबार र आाइतबार चल्ने बताइएको छ । केन्द्रीय परिषद्को बैठकमा केन्द्रीय पदाधिकारी तथा सदस्य, जिल्लाका अध्यक्ष, जनवर्गीय सङ्गठन तथा पेशागत सङ्गठनका पदाधिकारीको सहभागिता छ ।

मकवानपुरमा डेंगु संक्रमण बढ्दै, नगरपालिकाले थाल्यो नियन्त्रण अभियान

इकागज | भदौ १८, २०७९

मकवानपुर । मकवानपुर जिल्लाको हेटौंडा उपमहानगरपालिकामा डेंगु संक्रमण नियन्त्रणमा उपमहानगरपालिकाले चासो...

दसैंसम्म अनधिकृत संरचना हटाउन ललितपुर महानगरको 'अल्टिमेटम', अटेर गरे डोजर लगाइने

इकागज | भदौ १७, २०७९

काठमाडौँ - ललितपुर महानगरपालिकाले फुटपाथ (सडकपेटी) मिचेर बनाइएका संरचना हटाउन सुरु गरेको छ । शुक्र...

काठमाडौँ महानगरपालिकाले कालोपत्र गरेको सडक तीन महिनामै भत्कियो

इकागज | भदौ १६, २०७९

काठमाडौँ- विश्व सम्पदा सूचीमा सूचीकृत बौद्धनाथ क्षेत्रको अमिताभ बुद्ध मार्गमा काठमाडौँ महानगरपालिकाले का...