जाँदाजाँदै पोखराका मेयर जिसीले सुटुक्क दिएका थिए जग्गा भाडामा

धनबहादुर गुरुङ | असार २२, २०७९

पोखरा - पोखरा महानगरका निवर्तमान मेयर मानबहादुर जिसीले आफ्नो कार्यकाल सकिनु केही दिन बाँकी छँदा आफूखुसी निजी क्षेत्रलाई जग्गा भाडामा दिएको खुलेको छ । मेयर छँदा पोखरा उपत्यका नगर विकास समितिका अध्यक्ष समेत रहेका जिसीले नियम मिचेर पोखराको तीन ठाउँको जग्गा सुटुक्क भाडामा दिएको खुलेको हो । 

पोखरा उपत्यका नगर विकास समितिमा मतगणना चलिरहँदा गत जेठ ३ मा उनले विभिन्न कम्पनीहरूसँग सम्झौता गरेको खुलेको हो । बिरामी रहेका मेयर जिसीले पोखरा उपत्यका नगर विकास समितिका कार्यालय प्रमुख अशोक सुनारलाई तोकादेश गराएर भाडामा लगाउने सम्झौता गरेको कुरा डेढ महिनामात्र समितिका अन्य कर्मचारीहरूले थाहा पाएका थिए ।  

समितिका सदस्यसचिव समेत रहेका महानगरका प्रमुख प्रशासकीय अधिकृत बलराम रिज्यालले सोमबारमात्र यसबारेमा आफूले थाहा पाएको बताए। सम्झौता हुँदा आफू बिदामा रहेको उनको भनाइ छ । समितिमा १० सदस्यीय हुने भए पनि पूर्व मेयरले कार्यकालको अन्तिम घडीमा बद्नियत काम गरेको भन्दै चौतर्फी विरोध भइरहेको छ ।

जिसीले करिब १८ रोपनी रहेको पर्यटन बसपार्क शिला शालिग्राम निर्माण सेवा प्रालिलाई दिएका हुन् । जसको भाडा मासिक २ लाख ७५ हजार रहेको छ भने १० वर्षका लागि सम्झौता गदि दिएका हुन् । सम्झौता पत्रमा प्रथम पक्षका तर्फबाट जिसी र देस्रो पक्षका तर्फबाट छविलाल कुँवरले हस्ताक्षर गरेका छन् । 

यस्तै, गल्फ कोर्स एक्सन बिल्डर्सलाई दिएका छन् । उनले सो जग्गा मासिक २ लाख ७२ हजार भाडा तिने गरी सम्झौता गरेका छन् । ४० रोपनी भाडामा लिनेदिनेबारे सम्झौतामा दोस्रो पक्ष कम्पनीका तर्फबाट विष्णु भण्डारीले हस्ताक्षर गरेका छन् । 

उता, यातायात कार्यालयले यसअघि सवारी ट्रायल परीक्षाका लागि प्रयोग गर्दै आएको ५ रोपनी राइजिङ कन्स्ट्रक्सनलाई १० वर्षका लागि भाडामा दिइएको खुलेको । मासिक १ लाख ३५ हजार बुझाउने गरी कम्पनीका तर्फबाट गिरबहादुर पुनको हस्ताक्षर छ ।

 

बागमतीमा पाण्डे नेतृत्व कै सरकार रहने, मन्त्रिमण्डल विस्तारको तयारी

इकागज | असार २१, २०७९

मकवानपुर- बागमती प्रदेशको मुख्यमन्त्री बन्‍ने पक्कापक्की भएका नेपाली काँग्रेस नेता इन्द्रबहादुर बानियाँ...

मकवानपुरबाट राष्ट्रिय परिचयपत्र बनाउन पनि अनलाइन फारम भर्नुपर्ने

इकागज | असार २१, २०७९

मकवानपुर । राष्ट्रिय परिचयपत्र विवरण दर्ताको लागि मकवानपुर सेवाग्राहीले अनलाइन फाराम भर्नुपर्ने भएको छ ।...

दुई विधेयक प्रमाणीकरण

इकागज | असार २१, २०७९

मकवानपुर - बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माले आज मंगलबार दुई वटा विधेयक प्रमाणीकरण गरेका ...

भक्तपुरका ३९० उम्मेदवारले अझै बुझाएनन् निर्वाचन खर्च विवरण

इकागज | असार २१, २०७९

भक्तपुर - गत वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा भक्तपुरका विभिन्न चारवटा स्थानीय तहमा उम्मेदवार ...

काठमाडौँमै महिनावारी हुँदा स्कुल छाडेर भाग्‍छन् विद्यार्थी

अतिन आचार्य | असार २१, २०७९

काठमाडौँ- झरना सापकोटा काठमाडौँस्थित भीमसेन गोला माध्यमिक विद्यालयमा पढ्छिन् । कक्षा ६ मा अध्ययनरत ...

हेटौंडाको नीति तथा कार्यक्रम र अर्थ विधेयक सर्वसम्मत्‌बाट पारित

इकागज | असार २०, २०७९

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाले आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरेको नीति कार्यक्रम र...

कांग्रेस नेता बानियाँ भन्छन्- जनताको पक्षमा काम गर्ने जनप्रतिनिधि जुन दलका भए पनि साथ दिनुपर्छ

इकागज | असार २०, २०७९

काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्र बानियाँले राम्रो काम गर्ने जनप्रतिनिधिलाई जनताले प...