गोसाइँकुण्ड मेला सुरू, मनोकांक्षा पूरा हुने विश्वास

इकागज | जेठ २६, २०८१

रसुवा- रसुवामा गोसाइँकुण्ड मेला सुरू भएको छ । गङ्गा दशहरा पर्वअन्तर्गत पवित्र तीर्थस्थल गोसाइँकुण्ड स्नानका लागि भक्तजन सुलाद्री पर्वत आरोहण गर्न थालेका छन् ।

गोसाइँकुण्डमा स्नान र पूजा आराधना गर्नाले  मनोकाङ्क्षा पूरा हुने जनविश्वास रहिआएको छ । चार हजार तीन सय ८० मिटरको उचाइमा अवस्थित पवित्रकुण्ड स्नान गर्न बुधबारदेखि हालसम्म एक हजारभन्दा बढी भक्तजनले सुलाद्री पर्वतको आरोहण गरेको लाङटाङ राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मिलन सापकोटाले बताए ।
       
तीर्थालुको चापलाई मध्यनजर राख्दै आवश्यक सुरक्षा प्रबन्ध मिलाइएको प्रमुख जिल्ला अधिकारी वेदनिधि खनालले बताए । यात्रामा कुनै समस्या आए जिल्ला प्रशासन कार्यालय वा जिल्ला प्रहरी कार्यालयमा खबर गर्न उनले आग्रह गरेका छन् । 

तीर्थालुलाई बासको कुनै समस्या नभएको होटल व्यवसायी संघका जिल्ला अध्यक्ष निसान गजुरेलले बताए । गङ्गा दशहरा मेला १० दिनसम्म लाग्ने छ । काठमाडौँबाट धुञ्चे हुँदै तिवारी बगर, खन्ती, देउराली, डिम्सा, चन्दनबारी, चोलाङपाटी, लौरीविनायक भएर गोसाइँकुण्ड पग्न सकिन्छ ।

धार्मिक यात्रा गर्दा लठ्ठीका नाममा वनस्पति नकाट्न, चाउचाउ तथा बिस्कुटलगायतका खाद्य सामग्री उपभोग गर्दा उत्पन्न प्लाष्टिकसमेतका फोहर सुरक्षित तवरले तोकिएको स्थानमा मात्र फ्याँक्न, बाटोमा भेटिने वन्यजन्तुलाई तर्साउने हिर्काउनेसमेतका कार्य नगर्न यात्रुलाई अनुरोध गरिएको निकुञ्जका वरिष्ठ प्रमुख संरक्षण अधिकृत अणनाथ बरालले बताए । गोसाइँकुण्ड मेला आगामी असार २ गतेसम्म चल्ने गोसाइँकुण्ड क्षेत्र विकास समितिले जनाएको छ ।

काठमाडौँ महानगरभित्र रङ्गीचङ्गी बत्तीको प्रयोग हटाउन अध्ययन कार्यदलको सिफारिस

इकागज | जेठ २५, २०८१

काठमाडौँ- सुन्दरता र सजावटका लागि सडक किनारा, रुख, पोल, मठमन्दिर, ढुङ्गेधारा सार्वजनिक तथा होटल, रेष्ट...

अस्पताललाई महानगरको स्वास्थ्य विभागको निर्देशन : १५ दिनभित्र आफ्नै फार्मेसी सञ्‍चालन गर्नू

इकागज | जेठ २४, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाको स्वास्थ्य विभागले महानगर क्षेत्रमा सञ्चालित सबै अस्पताललाई १५ दिनभित्र ...

चाँगुनारायण नगरपालिकाको नौला अभ्यास : वातावरण दिवसमा हरित प्रदर्शनी

इकागज | जेठ २४, २०८१

भक्तपुर- भक्तपुरको चाँगुनारायण नगरपालिकाले हरित प्रदर्शनी २०८१ गरेको छ । विश्व वातावरण दिवसको अवसरमा ब...