गोदावरीका मेयर, उपमेयर, प्रशासकीय अधिकृत र राजश्व अधिकृत निलम्बनमा

इकागज | जेठ २२, २०८१

काठमाडौँ - अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गोदावरी नगरपालिकाका मेयर उपमेयर, प्रमुख प्रशासकीय अधिकृतसहित पाँच जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ । 

सोमबार आयोगले मेयर गजेन्द्र महर्जन, उपमेयर मुना अधिकारी, तत्कालीन प्रमुख प्रशासकीय अधिकृत प्रविन कोइराला, नगरपालिकाका राजश्व शाखा प्रमुख श्रीकण्ठ घिमिरे, कर्मा कन्सट्रक्सन र सोका सञ्चाक रवि महर्जन र  सप्तपथ निर्माण कम्पनी र सञ्चालक मदन केसी, निराकार ढुङ्गा रोडा उद्योग र सञ्चालक मधुसूदन डोटेल, मछिन्द्रनाथ मल्टिपर्पोज र सञ्चालक केदारनाथ तिमल्सेना, सजिलो रोडा ढुङ्गा उद्योग र सञ्चालक शशिराज शाही, वीरेन्द्र महर्जन ढुङ्गा उद्योग र सञ्चालक वीरेन्द्र महर्जन, माली निर्माण सेवा र सञ्चालक प्रकाश मालीविरुद्ध  विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर भएको हो । उनीहरुले २६ करोड ६३ लाख ३७ हजार ३९८ रुपैयाँ राजश्व चुहावट गरेको आरोप छ । 

आयोगले दुई वर्ष लगाएर गरेको अनुसन्धानमा आर्थिक वर्ष २०७९/८० मा प्रति घनफिट ९ रुपैयाँभन्दा बढी राजस्व दर तोकेर उठाउनुपर्नेमा २ रुपैयाँ २५ पैसा मात्र उठाएको पाइएको छ । एक घनफिट बराबर ६ रुपैयाँ ७५ पैसा राजस्व राज्य कोषमा जम्मा हुनुपर्नेमा मिलेमतोमा भ्रष्टाचार भएको दाबी अख्तियारको अभियोग पत्रमा गरिएको छ । 

त्यसैगरी  नेपाल सरकारले प्राप्त गर्ने मूल्य अभिवृद्धि कर (भ्याट), बागमती प्रदेश सरकारले  प्राप्त गर्ने ४० प्रतिशत कर  र गोदावरी नगरपालिकाले ६० प्रतिशत राजस्व गुमेको अभियोग पत्रमा उल्लेख छ।  तर, नगरपालिकाले २५ प्रतिशत मात्र राजस्व तोकेर त्यसमा पनि १० प्रतिशत छुट दिएर व्यवसायीकै पक्षमा निर्णय गरेको र यो कार्य भ्रष्टाचार निवारण ऐन विपरीतको कार्य भएको अभियोग पत्रमा उल्लेख छ।

कानुनले तोकेभन्दा कम दरमा उठाउँदा राज्यले ठुलो राजस्व गुमाएको पाइएको अख्तियारको अभियोग पत्रमा उल्लेख  छ । ५ वर्षमा १ अर्ब ४ करोडभन्दा बढी रकम स्थानीय जनप्रतिनिधि, कर्मचारी र क्रसर उद्योगको मिलेमतोमा राजश्व घोटाला भएको र राज्य कोषमा दाखिल हुनुपर्ने रकम नोक्सान भएको दाबी गरेको छ ।

दोस्रो कार्यकालमा निर्वाचित भएका मेयर उपमेयर लगायत अन्य सरकारी कर्मचारीहरू सोमबारबाटै निलम्बनमा परेका छन् ।  भ्रष्टाचार निवारण ऐनको दफा ३३ बमोजिम मेयर, उपमेयर, प्रशासकीय अधिकृत र मुद्दा दायर भएका सबै कर्मचारी निलम्बनमा परेका छन् ।

योसँगै नगरपालिका प्रमुख, उपप्रमुख ,लेखालगायतका केही शाखा हालका लागि रिक्त भएको छ ।  मेयर र उपमेयर नभएपछि गोदावरी नगरपालिका कसरी सञ्चालन हुन्छ अन्योल बढेको छ । उनीहरू दुवै काँग्रेसबाट निर्वाचित भएका हुन् । 


 

काठमाडौँ महानगरले टी- २० विश्वकप टुँडिखेल, तीनकुने र हाँडीगाउँमा निशुल्क देखाउने

इकागज | जेठ २२, २०८१

काठमाडौँ- ‘टी- २० विश्वकप’ क्रिकेट खेल हेर्नका लागि काठमाडौँ महानगरपालिकाले टुँडिखेल, ती...

काठमाडौँ महानगरलाई विज्ञको सुझाव - कानुन नमान्‍ने सहकारीहरू खारेजी प्रक्रियामा लैजानु

इकागज | जेठ १९, २०८१

काठमाडौँ - काठमाडौँ महानगरपालिकालाई कार्य क्षेत्र बनाएर दर्ता भएपछि सम्पर्कमा नभएका करिब ९ सय सहकारीहरू...

काठमाडौँका सार्वजनिक स्थलमा सुर्तीजन्य वस्तुको प्रयोग पूर्ण निषेध छ : मेयर बालेन

इकागज | जेठ १८, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले महानगरपालिका क्षेत्रका सार्वजनिक स्थलहर...

बालेनको प्रश्न- न्यूरोडमा पार्किङको ठाउमा फुटपाथ बनाउँदा सडक कसरी साँघुरो हुन्छ ?

इकागज | जेठ १८, २०८१

काठमाडौँ - काठमाडौँ महानगरका मेयर बालेन शाहले न्यूरोडलाई अझै व्यवसायीक, सुन्दर बनाउन एकजुट बन्न अपिल ...

काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागद्वारा दुई वटा फार्मेसीमा तालाबन्दी

इकागज | जेठ १७, २०८१

काठमाडौँ- काठमाडौँ महानगरपालिका स्वास्थ्य विभागले त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मह...

सडक डिभिजनले महानगरलाई भन्यो - दुई दिनभित्र सडक नबनाए कानुनी कारबाही गर्छौं

इकागज | जेठ १६, २०८१

काठमाडौँ - सडक डिभिजन काठमाडौँले न्यूरोड क्षेत्रमा बिगारेको सडक बनाउन काठमाडौँ महानगरपालिकालाई पत्राच...