सुदूरपश्चिम

डिलाशैनीमा एक मतदाता एक बिरुवा रोपण कार्यक्रम

इकागज | जेठ २९, २०७९

बैतडी - डिलाशैनी गाउँपालिकाले एक मतदाता एक बिरुवा रोपण कार्यक्रम सञ्चालन गरेको छ । पालिकाभर रहेका मतदाता सङ्ख्या बराबर वृक्षारोपण गरिने गाउँपालिकाका प्रवक्ता यज्ञराज भट्टले बताए । 

उक्त गाउँपालिकामा १३ हजार २५२ मतदाता रहेका र सोही सङ्ख्यामा वृक्षारोपण गरिने योजना छ ।  उनले भने,`मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रम सञ्चालन गरेर पालिकाभर वृक्षारोपण अभियान सञ्चालन गछौँ, वृक्षारोपणमा फलफूलका बिरुवालाई प्राथमिकता दिन्छौँ । यसले गाउँपालिकावासीलाई आत्मनिर्भरताको बाटोमा डोर्‍याउन सहयोग पुग्छ ।`

कार्यक्रमका लागि गाउँपालिकाले एक सूचना प्रकाशन गर्दै मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रममा सहभागी हुनका लागि आवेदन दिन आग्रहसमेत गरेको छ । फलफूलका बिरुवाका लागि अगामी असार २ गतेसम्म सम्बन्धित वडा कार्यालयमा निवेदन पेश गर्न आग्रह गरिएको र कार्यक्रममा सहभागी हुन चाहने कृषि समूह, कृषि सहकारी, कृषि फर्म र कृषि उद्यमीलाई आग्रह गरिएको  छ  । 

अहिलेका लागि बर्खे फलफूल अन्तर्गत कागतीका बिरुवा वितरण गर्ने योजना रहेको जनाइएको छ । मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रममा सहभागी हुनेहरुले कम्तीमा ५० बिरुवा रोपणका लागि खाल्डो तयार गरेको हुनुपर्ने गाउँपालिकाको सूचनामा उल्लेख छ । 

यस्तै कृषि सहकारी, समूह र फर्म दर्ता र नवीकरण भएका प्रमाणपत्र, कार्यक्रम सञ्चालन हुने जग्गाको स्वामित्व खुल्ने प्रमाणपत्र, निवेदकको नागरिकता र कृषि समूहको हकमा समूहको निर्णयको प्रतिलिपि आवश्यक रहेको सूचनामा उल्लेख छ । कृषिमार्फत उद्यमशीलतासँग जोड्नका लागि यो कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाका अध्यक्ष सन्तोषप्रकाश जोशीले बताए । 

 वातावरण संरक्षण गर्न सके मात्रै मानव जातिलाई सहज हुने भएकोले यो कार्यक्रमलाई निरन्तर अगाडि बढाइने जोशीको भनाइ थियो । यसअघि विश्व वातावरण दिवसका अवसरमा गाउँपालिका अध्यक्ष जोशीले मतदाता सङ्ख्या बराबर वृक्षरोपण कार्यक्रम सञ्चालन गर्ने घोषणा गरेका थिए । रासस

सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री भन्छन्- संघीय सरकारका कारण धेरै काम गर्न सकिएन

इकागज | जेठ २६, २०७९

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री त्रिलोचन भट्टले संघीय सरकारका कारण जनअपेक्षा अनुसार ...

कैलाली उद्योग वाणिज्य संघ : उपाध्यक्षमा जोशी निर्विरोध निर्वाचित

इकागज | जेठ २४, २०७९

कैलाली- कैलाली उद्योग वाणिज्य संघको उपाध्यक्ष (वाणिज्य)मा केशवराज जोशी निर्विरोध निर्वाचित भएका छन् । सुर...

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम : सत्तापक्षकै सांसदद्वारा आलोचना

इकागज | जेठ २३, २०७९

धनगढी - सुदूरपश्चिम प्रदेश सरकारको नीति तथा कार्यक्रममा सत्ता पक्षकै प्रदेशसभा सदस्यले आलोचना गरेका छन् ।&...