सुदूरपश्चिम

सुदूरपश्चिम सरकारको नीति तथा कार्यक्रम प्रदेश सभामा प्रस्तुत

इकागज | जेठ २२, २०७९

कैलाली - सुदूरपश्चिम प्रदेश सरकारले आर्थिक वर्ष २०७९/०८० का लागि आइतबार नीति तथा कार्यक्रम प्रस्तुत गरेको छ। प्रदेशसभाको १०औँ अधिवेशनको पाँचौँ बैठकमा प्रदेश प्रमुख देवराज जोशीले प्रदेश सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्।

सरकारले नीति तथा कार्यक्रममा प्रदेशको प्रथम पञ्चवर्षीय योजनाले तय गरेका आवश्यकताका आधारमा अघि बढाइने, प्रदेश आत्मनिर्भर अर्थतन्त्रका लागि विशेष कार्यक्रम सञ्चालन गरिने तथा अर्थतन्त्रको सवलीकरणका लागि स्वदेशी र विदेशी लगानीकर्ता भित्र्याउन लगानीमैत्री वातावरण निर्माण गरिने जनाइएको छ ।

त्यस्तै अत्यावश्यक बाहेक नयाँ सवारीसाधन खरिद नगर्ने समेत नीति तथा कार्यक्रममा उल्लेख गरेको छ। वैदेशिक रोजगारीबाट फर्केका युवालाई लक्षित गरी रोजगारमूलक कार्यक्रम सञ्चालन गरिने, खालि जग्गा र प्राकृतिक तालतलैयामा माछा पालन गरिने, कृषि एम्बुलेन्स सञ्चालन गरिने लगायतका कार्यक्रम नीति तथा कार्यक्रममा समेटिएको छ।

दशरथचन्दको पहिलो कार्यपालिका बैठक:  सदरमुकामको खानेपानी व्यवस्थित गरिने

इकागज | जेठ २१, २०७९

बैतडी -  बैतडीको दशरथचन्द नगरपालिका नगर कार्यपालिकाको पहिलो बैठक आज सम्पन्न भएको छ । बैठकले नगर ...

कैलालीमा माओवादीले एमाले र जनमुक्ति पार्टीसँग भएको सहमति तोड्यो, कांग्रेसलाई साथ

इकागज | जेठ २१, २०७९

धनगढी - कैलाली जिल्ला समन्वय समिति गठनका लागि बिहीबार नागरिक उन्मुक्ति पार्टी, नेकपा एमाले र नेकप...

कैलालीमा सत्ता गठबन्धनबाट अलग्‍गियो माओवादी, जिसस गठनमा यस्तो छ सहकार्य

इकागज | जेठ २०, २०७९

कैलाली- कैलालीमा स्थानीय तह निर्वाचनलाई लिएर भएको गठबन्धन टुटेको छ । जिल्ला समन्वय समिति (जिसस)को गठनल...