सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशसभाकाे बैठक स्थगित

इकागज | पुस २९, २०७९

कैलाली । आज बिहान ११ बजे बस्ने भनिएको सुदूरपश्चिम प्रदेश सभाको बैठक स्थगित गरिएको छ। प्रदेश सभा सचिवालयले अर्को सूचना जारी नहुँदासम्मका लागि बैठक स्थगित गरेको जनाएको छ । सभामुख चयनका लागि पुन: निर्वाचन गर्ने गरि हिजो साँझको बैठक स्थगित गरिएको थियो ।

सभामुखका लागि माओवादी केन्द्रका भीम भण्डारी र कांग्रेसका मानबहादुर रावल उम्मेदवार छन् । हिजो साँझ दुवै उम्मेदवारले बहुमत पाउन सकेनन् । हिजो भण्डारीले २६ र रावलले २३ मत पाएका थिए । ५३ सदस्यीय प्रदेश सभामा सभामुख चयनका लागि २७ मत आवश्यक पर्छ । सत्ता पक्षकै एक सांसदको मत बदर भएकाले भण्डारी हिजो सभामुखमा चयन हुन सकेनन्।

हिजो कसैको पनि २७ मत नपुगेपछि आज ११ बजे पुन: मतदान हुने भनिएको थियो । प्रदेश सभाको पहिलो बैठक बसेको १५ दिन भित्र सभामुख र उपसभामुख चयन गरिसक्नु पर्ने संवैधानिक बाध्यता रहेको छ । यो समय माघ २ गते पुरा हुन्छ । माघ २ गते सम्म सभामुख र उपसभामुख चयन गरिसक्नु पर्छ ।

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि एमालेका रावलले गरे दाबी पेश

इकागज | पुस २७, २०७९

कैलाली । सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि एमालेका संसदीय दलका नेतासमेत रहेका राजेन्द्र रावलले दावी पेस...

सुदूरपश्चिम प्रदेशमा काङ्ग्रेसका मानबहादुरले गरे सभामुखमा मनोनयन दर्ता

इकागज | पुस २७, २०७९

कैलाली- सुदूरपश्चिम प्रदेशमा नेपाली काङ्ग्रेसले सभामुखमा मनोनयन दर्ता गराएको छ । काङ्ग्रेसका तर्फबाट...

उन्मुक्त्ति पार्टीले भन्याे- पहिले रेशम चाैधरी छुटाउने लिखित सहमति अनि मात्रै मुख्यमन्त्रीमा समर्थन

इकागज | पुस २७, २०७९

धनगढी​- सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा समर्थनका लागि नागरिक उन्मुक्ति पार्टीले रेशम चौधरीसहितका ...