सुदूरपश्चिम

कैलाली-५ मा भोलि बिहान ८ बजेदेखि मतगणना हुने

इकागज | मंसिर ५, २०७९

धनगढी- कैलाली क्षेत्र नम्बर ५ को मतगणना भोलि (मंगलबार) ८ बजेदेखि मात्रै हुने भएको छ ।

सोमबार मुख्य निर्वाचन अधिकृत ओमप्रसाद अर्याल बिरामी भएपछि सर्वदलीय बैठकको निर्णयले भोलि बिहान ८ बजेदेखि मतगणना गर्ने निर्णय गरेको हो ।

निर्वाचनको बढ्दो दौडधुपका कारण मुख्य निर्वाचन अधिकृत बिरामी परेको जिल्ला निर्वाचन कार्यालय कैलालीका प्रमुख प्रेमराज भट्टले बताए ।

उनलाई प्रेसरको समस्या रहेको जनाइएको छ । कैलाली-५ मा सत्तारूढ गठबन्धनबाट कांग्रेसका डिल्लीराज पन्त, एमालेका नारदमुनि राना र स्वतन्त्र उम्मेदवार पुष्करनाथ ओझासहित ११ जना चुनावी प्रतिस्पर्धामा छन् । 

देउवा-सागर ढकालको मतान्तर ३१, कर्णबहादुर मल्लले कति मत पाए ?

इकागज | मंसिर ५, २०७९

डडेल्धुरा- प्रतिनिधिसभा निर्वाचनमा डडेल्धुरामा प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवाले ...

बैतडीमा प्रहरी बोकेको जीप दुर्घटना : मृत्यु हुनेको संख्या ६ पुग्यो

इकागज | मंसिर ५, २०७९

बैतडी- बैतडीमा प्रहरी बोकेको जीप सोमबार बिहान दुर्घटना हुँदा ६ जनाको मृत्यु भएको छ । दशरथचन्द राजमार्ग...

यू–१९ क्रिकेट सुदूरपश्चिम प्रदेश छनोट २२ खेलाडी बन्द प्रशिक्षणमा

इकागज | मंसिर ३, २०७९

दोधारा चाँदनी- वाइवाइ यू–१९ पुरुष एक दिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताको सुदूरपश्चिम प्रदेशस्तर...