सुदूरपश्चिम

आकांक्षी नेताहरू काठमाडौँ केन्द्रित

सुदूरपश्चिमको मुख्यमन्त्रीमा आ-आफ्नै दाबी

दीपक उपाध्याय | मंसिर २०, २०७९

कैलाली - सुदूरपश्चिम सरकारको नेतृत्वका लागि प्रदेश सभा सदस्यहरूले आ–आफ्नो दाबी गरिरहेका छन् । प्रदेशमा सत्ता गठबन्धन दलबाट नेपाली कांग्रेस र नेकपा (एकिकृत समाजवादी) पार्टीका सदस्यहरूले मुख्यमन्त्रीका लागि आ–आफ्नो दाबी गरिरहेका छन् । उनीहरूले दलको नेतासँगै प्रदेशको नेतृत्व दिन केन्द्रीय नेतृत्वसँग आग्रहसमेत गरिरहेका छन् ।

उसो त नेकपा माओवादीले चुनावअघि गठबन्धनसँगको वाचाअनुसार प्रदेशको मुख्यमन्त्री आफूहरूले नै पाउने दाबी गरिरहेको छ । डडेल्धुराबाट विजयी माओवादीका नेता खगराज भट्टले सहमतिअनुसार आफूनै मुख्यमन्त्री हुने दाबी गरे । उनले मुख्यमन्त्रीकै लागि आफू प्रतिनिधि सभा छाडेर प्रदेशमा चुनाव लडेको बताए ।

त्यस्तै समाजवादीबाट प्रदेश सभामा विजयी भौतिक पूर्वाधार विकास मन्त्री दीर्घबहादुर सोडारीले प्रदेशको मुख्यमन्त्रीमा आफू पनि आकांक्षी रहेको बताए । उनले पार्टी अध्यक्ष माधवकुमार नेपाललगायका नेताहरूलाई भेटेर आफूलाई सुदूरपश्चिमको मुख्यमन्त्री बनाउन पहल गर्न आग्रहसमेत गरिसकेको बताए । उनले यहीँ गठबन्धनको सरकारलाई अगाडि बढाउने सहमतिसमेत भैसकेका कारण शीर्ष नेताहरूले कस्तो निर्णय लिन्छन् त्यही अनुसार अगाडि बढ्ने बताए । 

दलको नेताले प्रदेश सभा तथा प्रदेश सरकारको नेतृत्व गर्ने परिपाटी छ । त्यसैले प्रदेश सभामा विजयी मुख्यमन्त्रीका आकांक्षी नेताहरू यतिबेला काठमाडौँ केन्द्रित भएका छन् । उनीहरूले दलको नेतासँगै प्रदेश सरकारको नेतृत्व पनि मागिरहेका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा कञ्चनपुरबाट विजयी भएका नेपाली कांग्रेसका नेता बहादुरसिंह थापा पनि यतिबेला काठमाडौँमा छन् । उनले गठबन्धनको निर्णय नै अन्तिम हुने बताउँदै यदि कांग्रेसले मुख्यमन्त्री पाउने भए आफू नै त्यसको दाबेदार रहेको बताए । उनले दलको नेताका लागि आफू सबैभन्दा सिनियर रहेकोले त्यसमा कुनै शंका नरहेको बताए ।

तर, युवाहरूमाझ निकै लोकप्रिय रहेका कैलाली क्षेत्र नम्बर ५ क बाट विजयी नेपाली कांग्रेसका प्रकाशबहादुर देउवालाई मुख्यमन्त्रीको रुपमा अगाडि बढाउन युवाहरूले प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई दबाब दिन थालेका छन् । उनीहरूले अघिल्लो पाँच वर्ष माओवादीले मुख्मन्त्री पाएको बताउँदै अब नेपाली कांग्रेसले पाउनु पर्ने र त्यसमा पनि प्रकाशलाई नै मुख्यमन्त्री बनाउनु पर्ने बताइरहेका छन् । 

सुदूरपश्चिम प्रदेश सभामा ५३ जना सदस्य हुने व्यवस्था छ । प्रदेशमा ३२ प्रत्यक्ष र २१ सामानुपातिक प्रणालीबाट निर्वाचित हुने व्यवस्था छ । मत परिणम अनुसार प्रदेशमा सबैभन्दा ठूलो दल नेपाली कांग्रेस भएको छ । उसको प्रत्यक्षमा १२ र समानुपातिकमा ७ गरेर १९ सिट रहेको छ । त्यस्तै माओवादीले प्रत्यक्षमा ८ र समानुपातिकमा ३ सिट, नागरिक उन्मुक्ति पार्टीले प्रत्यक्षमा ५ र समानुपातिकमा २ सिट हासिल गरेको छ । 

त्यस्तै एमालेको प्रत्यक्षमा ३ र समानुपातिकमा ७ सिट र एककृत समाजवादीले प्रत्यक्षमा ३ र समानुपातिकमा १ सिट हासिल गरेको छ ।

सुदूरपश्चिम प्रदेश सरकार सञ्चालनका लागि कम्तीमा २७ जना प्रदेशसभा सदस्यहरूको समर्थन आवश्यक हुन्छ । सुदूरपश्चिममा गठबन्धन दल नेपाली कांग्रेस, माओवादी केन्द्र तथा एकीकृत समाजवादीको नेतृत्वमा सरकार गठन हुने देखिएको हो । 

 

सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघकाे अध्यक्षमा स्वार विजयी

इकागज | मंसिर १६, २०७९

कैलाली- सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १६ औ वार्षिक साधारणसभा तथा ८ औं अधिवेशनबाट ल...

निषेध गरिएको क्षेत्रमा प्रदर्शन भएपछि धनगढीमा ८ राउन्ड हवाइ फायर, दर्जनबढी विद्यार्थी पक्राउ

इकागज | मंसिर १६, २०७९

धनगढी- स्थानीय प्रशासनले निषेध गरिएको क्षेत्रमा विद्यार्थीले आन्दोलन गरेपछि भिडलाई तितरवितर पार्न प्र...

तस्बिरमा अशान्त धनगढी

इकागज | मंसिर १६, २०७९

कैलाली- धनगढीमा ग्रेडरले कुल्चिएर विद्यार्थीको मृत्युपछि घटनास्थलमै रहेको शव प्रहरीले उठाएको भन्दै आक्रोशि...

सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघमा ८ जना निर्विरोध निर्वाचित

इकागज | मंसिर १६, २०७९

कैलाली- सुदूरपश्चिम प्रदेश निर्माण व्यवसायी महासंघको १६ औँ वार्षिक साधारणसभा तथा ८ औँ अधिवेशनमाबाट ८ ज...

विदेशबाट फर्केर स्वदेशमै २० लाखको उद्योग, कमाउँछन् वार्षिक ३० लाख

इकागज | मंसिर १६, २०७९

कञ्चनपुर- भीमदत्त नगरपालिका–१८ जानकी टोलका ३१ वर्षीय सागर क्षेत्रीले आठ वर्ष अगाडि स्नातक तह अध्ययन...