सुदूरपश्चिम

मेयर शाहीले पत्रकार ढुंगानालाई बन्धक बनाएको आरोप

इकागज | मंसिर २६, २०७९

कैलाली- लम्कीचुहा नगरपालिकाकी मेयर सुशीला शाहीले पत्रकार खेम ढुंगानालाई बन्धक बनाएको आरोप लागेको छ । कैलालीका पत्रकार ढुंगाना आइतबार रिपोर्टिङको क्रममा लम्कीचुहा पुगेका थिए । जहाँ मेयर शाहीले आफ्नो निजी निवास निर्माण गर्न नगरपालिकाका सवारी साधन प्रयोग गरिरहेको सम्बन्धी रिपोर्टिङ गर्न थालेपछि आफूलाई केही घण्टा नियन्त्रणमा लिएको पत्रकार ढुंगानाले बताए ।

नगर प्रमुख शाहीले आफूलाई नजिकैको होटेलमा लगेर मोबाइल र आफूलाई नियन्त्रणमा लिई खिचेका भिडियो र फोटो डिलिट गर्न लगाएको ढुंगानाले बताएका छन् । यता, मेयर शाहीसँग सम्पर्क गर्न खोज्दा सम्पर्क हुन सकेन ।

समाचार संकलन गरिरहेका बेला मेयर शाहीले गरेको व्यवहारप्रति प्रेस चौतारी कैलालीले विरोध जनाएको छ । चौतारीका सचिव जनक विष्टले एक विज्ञप्ति जारी गर्दै घटनाको छानबिन गरि दोषीमाथि कारबाहीको माग गरेका छन् ।

कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिला प्रतिनिधित्व शून्य

इकागज | मंसिर २०, २०७९

काठमाडौँ - कर्णाली र सुदूरपश्चिम प्रदेश सभामा प्रत्यक्षतर्फ दलित र महिलाको प्रतिनिधित्व शून्य देखिएको छ । क...