सुदूरपश्चिम

लागूऔषध चरेस र गाँजासहित चार जना पक्राउ

इकागज | पुस ३, २०७९

कैलाली- प्रहरीले कैलालीबाट लागूऔषधसहित दुईजनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका–८ क्याम्पस चोकबाट अवैध लागूऔषध चरेस २ किलोग्रामसहित दुई जनालाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा बझाङ खप्तडछान्ना गाउँपालिका–३ घर भएका १९ वर्षीय क्षितिज रावल र छविस पाथीभेरा गाउँपालिका–२ बस्ने ३६ वर्षीय जक्सन रोकाया छन् । 

सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढी र जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरीले जाँच गर्ने क्रममा रावलको साथबाट एक किलो २ सय ग्राम र रोकायाको साथबाट आठ सय ग्राम उक्त चरेस फेला पारी उनीहरूलाई पक्राउ गरेको हो । 

यस्तै, दाङ, लमही नगरपालिका–८ सतबरीयाबाट अवैध लागूऔषध गाँजा ५ किलो ६ सय ग्रामसहित घोराही उपमहानगरपालिका–१२ हापुर बस्ने ३३ वर्षीय रूपक पुनसमेत दुईजनालाई शनिबार राति प्रहरीले पक्राउ गरेको छ ।

रा१प ५०३३ नम्बरको मोटरसाइकलमा सवार उनीहरूलाई प्रहरीले जाँच गर्ने क्रममा बोरामा लुकाई ल्याएको उक्त गाँजासहित फेला पारी पक्राउ गरेको हो ।

सुदूरपश्चिममा एमाले : प्रदेश सभातर्फ ६ र प्रतिनिधितर्फ ७ जिल्लामा निल

इकागज | मंसिर २८, २०७९

धनगढी- सुदूरपश्चिममा नेकपा एमाले प्रतिनिधि सभातर्फ ७ जिल्ला र प्रदेश सभातर्फ ६ जिल्लामा निल भएको छ ...

सुदूरपश्चिममा सरकार : आफ्नै नेतृत्व लिन समीकरण खाेज्दै दलहरू

इकागज | मंसिर २८, २०७९

धनगढी । निर्वाचनको प्रत्यक्ष तथा समानुपातिक मत परिणाम सार्वजनिक भएसँगै सुदूरपश्चिम प्रदेशमा कसको नेतृत्वम...

पश्चिम तराइमा शीतलहर

इकागज | मंसिर २८, २०७९

कैलाली- कैलालीसहित पश्चिम तराइमा शीतलहर सुरु भएको छ । बिहानैदेखि जिल्लाको लम्की, टीकापुर, सुखडलगायतक...

आफ्नो निजी घर निर्माणमा नगरपालिकाको सवारीसाधन र औजार प्रयोग भएको मेयर शाहीद्वारा स्वीकार

इकागज | मंसिर २७, २०७९

काठमाडौँ - कैलालीको लम्किचुहा नगरपालिकाकी मेयर सुशिला शाहीले नगरपालिकाको सवारी साधन र औजार आफ्नो नि...