सुदूरपश्चिम

बझाङमा एक जनाले मात्रै बुझाए हातहतियार

इकागज | कात्तिक १८, २०७९

धनगढी- बझाङमा अहिलेसम्म एक जनाले मात्रै हातहतियार बुझाएका छन् । जिल्ला प्रशासन कार्यालय बझाङले आफूसँग भएका इजाजतप्राप्त हातहतियार ३५ दिनभित्र बुझाउन भन्दै गत असोज १४ गते सूचना जारी गरेको थियो ।

मंसिर ४ गते हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनलाई सुरक्षित एवं भरपर्दो बनाउन जिल्लाभित्र रहेका इजाजतप्राप्त हातहतियारहरू कात्तिक ५ गतेभित्र बुझाउन सूचनामार्फत भनिएको थियो । सोही अनुसार जिल्लाभरिमा एक जनाले मात्र हातहतियार बुझाएको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

निर्धारित समयमा हातहतियार नबुझाउनेसँग फेरि हातहतियार फेला परेमा कानुन बमोजिम कारबाही गरिने प्रहरी कार्यालय बझाङका सूचना अधिकारी रमेशदत्त अवस्थीले बताएका छन् ।

कैलाली–५ : राना र पन्तका लागि स्वतन्त्रका ओझा ‘टाउको दुखाइ’

दीपक उपाध्याय | कात्तिक १६, २०७९

कैलाली । कैलाली निर्वाचन क्षेत्र नम्बर ५ सधै चर्चामा रहने गर्दछ । २०७० को निर्वाचनमा दुई क्षेत्रबाट निर्वाच...

धनगढीमा पनि चल्यो डोजर

इकागज | कात्तिक १६, २०७९

कैलाली- धनगढी उपमहानगरपालिकाले कैलालीपुलदेखि क्याम्पसरोडसम्मको सडक चौडा गर्ने कार्यको सुरुवात गरे...

कैलाली–१ मा चौधरी र रावलले रोक्न सक्लान् रेशम पत्नी रञ्जितालाई

दीपक उपाध्याय | कात्तिक १५, २०७९

कैलाली । कैलाली, कञ्चनपुरसहित तराईका केही जिल्लालाई समेटेर थरुहट प्रदेश बनाउनु पर्ने माग गर्दै सुरु भए...

पहिला धान बेचेर जग्गा किन्थे, अहिले जग्गा बेचेर धान किनेर खाने बढे

इकागज | कात्तिक ११, २०७९

कैलाली- टीकापुरमा आर्थिक विकास र दिगोपनका लागि सरोकारवालासँग छलफल भएको छ । छलफल कार्यक्रममा सहभागीले...