Ekagaj Logo
१६ कात्तिक २०८१, शुक्रबार
(Friday, 01 November, 2024)

सुदूरपश्चिम

सुदूरपश्चिम प्रदेशको राजधानी 'चुनावी फण्डा'

दीपक उपाध्याय | असोज ३०, २०७९

कैलाली - विस २०७५ असोज १२ गते सुदूरपश्चिम प्रदेशको राजधानी गोदावरी नगरपालिकाको वडा नम्बर २ र ३ मा पर्ने तेघरीमा राख्ने निर्णय बहुमतले पारित गरेको थियो । चार वर्षअघि राजधानी तोकेको प्रदेश सरकारले हालसम्म पनि न राजधानी गोदावरी सार्न सक्यो न त तोकिएको स्थानमा कुनै संरचना नै बनाउन सक्यो।

वन क्षेत्रमा राजधानी तोकेकै कारण सुरुदेखि नै प्रदेश सरकार विवादमा रह्यो । निकै रस्साकस्सीका बाबजुद पनि प्रदेश सरकारले राजधानीका लागि वन क्षेत्र भोकाधिकार नपाउदा प्रत्येक वर्ष छुट्ट्याइँदै आएको बजेट समेत फ्रिज भयो । 

त्यतिबेला नै अहिले प्रधानमन्त्री रहेका शेरबहादुर देउवाले सूदुरपश्चिम प्रदेशको राजधानी गोदावरी राखेकोमा आपत्ति जनाएका थिए । 

उनले वातावरणीय लगायतका सबै हिसावले उपयुक्त नभएको ठाउँमा सुदुरपश्चिम प्रदेशको राजधानी तोकिएको भन्दै निर्णयको विरोधमा उत्रन पार्टीका नेता, कार्यकर्तालाई निर्देशन दिएका थिए । सोही अनुरुप केही समय आन्दोलन समेत भएको थियो ।

उनै देउवाले केही महिना अघिमात्रै डडेल्धुरा पुगेर प्रदेशको राजधानी डडेल्धुरा बनाउने आश्वासन दिएका थिए । प्रधानमन्त्री देउवाको प्रतिनिधि बनेर प्रतिनिधि सभाको मनोनयन गर्न डडेल्धुरा पुगेकी डाक्टर आरजु राणा देउवाले समेत राजधानी डडेल्धुरा बनाइने देउवाकै कुरा दोहर्‍याइन् ।

चुनावी माहोल तातितै जाँदा फेरि एकपटक प्रदेशको राजधानीको विषयमा फरक-फरक धाराणा बनाउँदै मत आफ्नो पक्षमा पार्न उम्मेदवारहरू लागिपरेका छन् । 

प्रतिनिधि सभाका लागि कैलाली क्षेत्रनम्बर ४ बाट नेकपा एमालेका सचिव, पूर्वमन्त्री तथा पार्टीका सुदूरपश्चिम इन्चार्ज लेखराज भट्ट उम्मेदवार छन् । 

नेता भट्टले प्रधानमन्त्री लगायत नेपाली काँग्रेसका नेताहरूले प्रदेशको राजधानीलाई पहाड लग्नुपर्छ भन्नु सुदूरपश्चिमका जनताको अपमान भएको बताउन थालेका छन् ।  उसो त उनले पहिले देखि नै राजधानी गोदावरी राखेकोमा सहमति जनाएका थिए । तर, तिनै भट्ट मन्त्री हुँदा समेत केही गर्न नसकेको भन्दै आलोचित रहदै आएका छन् । 

उनी अहिले जनता सामु हाम्रो एमालेको सरकार आयो भने जनतालाई भूमिको मालिक बनाएर राजधानी निर्माण गर्ने कुरामा मेरो महत्त्वपूर्ण भूमिका रहन्छ भन्दै भोट माग्न थालेका छन् । 

डोटीमा रहदा प्रदेशको राजधानी डोटीनै हुनुपर्छ भन्दै निकै कडा रुपमा प्रस्तुत हुने नेपाली कांग्रेसका प्रदेश सभापति वीर बहादुर बलायर अहिले आएर राजधानी पहाड लगिनु हुँदैन भन्न थालेका छन्।

'त्यसबेला डोटीमा चुनाव लड्दै गर्दा मेरो स्वार्थ डोटीमा राजधानी होस् भन्ने थियो,' नेता बलायरले भने, 'मेरो ठाउँमा अरु जोसुकै भएको भए पनि भन्थे। यसका लाज मान्नुपर्ने केही कुरा छैन ।'

एमालेका नेता भट्टसँग गठबन्धनको साझा उम्मेदवारको रूपमा प्रतिस्पर्धामा रहेका बलायर अहिले आएर जनताको भोट आफूतिर आकर्षित गर्न राजधानी गोदावरी मै हुनुपर्ने भन्दै राजधानीको मुद्दा जोडतोडले उठाइरहेका छन् ।

कैलाली ५ मा नागरिक उन्मुक्ति पार्टीका थारुकाे उम्मेदवारी रद्द

इकागज | असोज २५, २०७९

कैलाली । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुक...

कैलालीका सबै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीकाे उम्मेदवारी

इकागज | असोज २४, २०७९

कैलाली । गएकाे स्थानीय तह निर्वाचनमा कैलालीका अधिकांश पालिकामा दबदबा बनाएको नागरिक उन्मुक्ति पार्टीले ...

कैलालीको पाँचै निर्वाचन क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीको उम्मेदवारी, रेशमले जितेको क्षेत्रमा रञ्जिता

इकागज | असोज २४, २०७९

कैलाली- गत स्थानीय तह निर्वाचनमा कैलालीका अधिकांश पालिकामा दबदबा बनाएको नागरिक उन्मुक्ति पार्टीले आसन्न...

कञ्चनपुरमा नेकपा एसले गठबन्धनसँग मित्रवत प्रतिष्पर्धा गर्ने

इकागज | असोज २३, २०७९

धनगढी- कञ्चनपुमा सत्तारुढ गठबन्धनबाट बाहिरिने निर्णय गरेको नेकपा एकीकृत समाजवादीले प्रदेश सभामा मित्रवत...