सुदूरपश्चिम

डिआइजी दुर्गाको काज सरुवा

इकागज | कात्तिक ३, २०७९

कैलाली- सशस्त्र प्रहरी बल नेपाल प्रधान कार्यालयले मानव श्रोत विभागमा दरबन्दी भई सशस्त्र प्रहरी बल नेपाल नम्बर ७ बैद्यनाथ बाहिनी मुख्यालय अत्तरिया कैलालीमा कार्यरत सशस्त्र प्रहरी नायब महानिरीक्षक (डिआइजी) दुर्गा प्रसाद भट्टराईको काज सरुवा गरेको छ ।

मन्त्री स्तरीय बैठकले असोज ३१ गते गरेको निर्णय अनुसार डिआइजी भट्टराई राष्ट्रिय सुरक्षा परिषदको सचिवालय सिंहदरबार काज सरुवा गरिएको सशस्त्र प्रहरी बलले जानकारी दिएको छ ।

डिआइजी भट्टराईको ठाउँमा सशस्त्र प्रहरी बल नेपाल नम्बर १ बराहा बाहिनी मुख्यालय सुनसरीमा कार्यरत सशस्त्र प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्वकुमार भट्टराईको काज सरुवा गरिएको सशस्त्र प्रहरीले जानकारी दिएको छ ।

कैलाली ५ मा नागरिक उन्मुक्ति पार्टीका थारुकाे उम्मेदवारी रद्द

इकागज | असोज २५, २०७९

कैलाली । नागरिक उन्मुक्ति पार्टीबाट कैलाली क्षेत्र नम्बर ५ मा प्रतिनिधि सभाको उम्मेदवार रहेका लक्ष्मण थारुक...

कैलालीका सबै क्षेत्रमा नागरिक उन्मुक्ति पार्टीकाे उम्मेदवारी

इकागज | असोज २४, २०७९

कैलाली । गएकाे स्थानीय तह निर्वाचनमा कैलालीका अधिकांश पालिकामा दबदबा बनाएको नागरिक उन्मुक्ति पार्टीले ...