सूचना-प्रवधि

टेस्लाको विद्युतीय कारको वितरणमा गिरावट

इकागज | चैत २१, २०८०

काठमाडौँ- एलन मस्कको विद्युतीय कार टेस्लाको वितरणमा गिरावट आएको छ । सन् २०२४ को पहिलो तीन महिनामा टेस्लाको विद्युतीय कारको वितरण घटेको बीबीसीले जनाएको छ ।

विद्युतीय गाडी निर्माता टेस्लाले आफ्नो युरोपेली कारखानामा आगलागी, विश्वव्यापी ढुवानी अवरोध र अन्य चुनौतिहरूको सामना गर्दा वितरण वर्षको पहिलो तीन महिनामा तीव्र रूपमा घटेको हो ।

टेस्लाले तीन महिनामा केवल ३ लाख ८७ हजार विद्युतीय कारमात्र ग्राहकलाई हस्तान्तरण गर्न सकेको हो जुन त्रैमासिक हिसाबमा एक वर्षकै कम हो । साथै वार्षिक हिसाबमा ८ प्रतिशतले गिरावट हो ।

यससँगै टेस्लाको शेयर मूल्य ४ प्रतिशतले घटेको छ ।

बीबीसीले जनाएअनुसार त्रैमासिक रुपमा सन् २०२० पछि पहिलोपटक टेस्लाको वितरणमा गिरावट आएको हो । साथै टेस्लाको विद्युतीय कारको वितरण सन् २०२२ पछिकै न्यून रहेको बीबीसीले जनाएको छ ।

विश्वव्यापी मञ्च वेब समिट कतारमा प्रिक्सा टेक्नोलोजीजको कन्भरसेसनल एआई रिरि शोकेस

इकागज | चैत २०, २०८०

काठमाडौँ- प्रिक्सा टेक्नोलोजीजले आफ्नो कन्भरसेसनल एआई प्रडक्ट रिरि वेब समिट कतार २०२४ मा शोकेस गरेको छ ।...

साओमीको विद्युतीय कारका लागि ग्राहकले करिब ७ महिना कुर्नुपर्ने

इकागज | चैत १९, २०८०

काठमाडौँ- चिनियाँ स्मार्टफोन निर्माता साओमीको विद्युतीय कार खरिद गर्नका लागि ग्राहकले करिब ७ महिना कुर्न...

एटीएन्डटीका ७ करोड ३० लाख ग्राहकको व्यक्तिगत विवरण 'डार्क वेब'मा सार्वजनिक

इकागज | चैत १८, २०८०

काठमाडौँ- अमेरिकी टेलिकम्युनिकेसन होल्डिङ कम्पनी एटीएन्डटीका ७ करोड ३० लाख ग्राहकका व्यक्तिगत विवरण '...