सूचना-प्रवधि

शेयर बजारमा डेब्यु गरेकै दिन डोनाल्ड ट्रम्पको मिडिया कम्पनीको भाउमा उछाल

इकागज | चैत १४, २०८०

काठमाडौँ- शेयर बजारमा डेब्यु गरेको पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मिडिया कम्पनीको भाउमा उछाल आएको छ ।

सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ सोसलको माउ कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुपको शेयर भाउ ७० डलरसम्म पुगेको बीबीसीले जनाएको छ ।

अन्त्यमा शेयर भाउ ५८ डलरमा बन्द भएको थियो, जुन १६ प्रतिशतको वृद्धि हो । कम्पनीको बजार मूल्य ९ विलियन डलरसम्म पुगेको थियो ।

ट्रम्प मिडियाले विगत ९ महिनामा केवल ३.३ मिलियन डलरको कमाई गरेपनि करिब ५० मिलियन डलरको नोक्सानी भोगेको थियो ।

तर कम्पनीको शेयर भाउमा भने उछाल आएको हो । खासगरी ट्रम्पका समर्थकहरूले शेयर खरिदमा आक्रमकता देखाएको बीबीसीले जनाएको छ ।

युरोपियन युनियनले दियो गुगल, एप्पल र मेटालाई जरिवाना तिराउने चेतावनी

इकागज | चैत १३, २०८०

ब्रसेल्स- युरोपेली युनियनले विश्वका बिख्यात प्राविधिक कम्पनीहरूले मापदण्ड पालना नगरे कानुनी कारबाही र दण्...

एआईका लागि अमेरिकाभन्दा चीनले बढी वैज्ञानिक उत्पादन गर्दै

इकागज | चैत १०, २०८०

काठमाडौँ- च्याटजिपिटीजस्ता च्याटबटहरूलाई शक्तिशाली बनाउने आर्टिफिसियल इन्टेलिजेन्स (एआई) को विषयमा चीनभन्...

पूर्व अमेरिकी राष्ट्रपति ट्रम्पको सामाजिक सञ्जाल प्लेटफर्म ट्रुथ भयो मर्ज

इकागज | चैत १०, २०८०

काठमाडौँ- पूर्व अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको कम्पनी ट्रम्प मिडिया एन्ड टेक्नोलोजी ग्रुप मर्ज भएको छ । ...

टेक जायन्ट एप्पलमाथि स्मार्टफोन बजारमा एकाधिकार प्रयोग गरेको आरोप

इकागज | चैत ९, २०८०

काठमाडौँ- अमेरिकाले स्मार्टफोन बजारमा एकाधिकार प्रयोग गरेको तथा प्रतिस्पर्धालाई मारेको आरोप लगाउँद...

मानव मस्तिष्कमा बीसीआई प्रत्यारोपण गरेपछिको बिरामीको भिडियो सार्वजनिक

इकागज | चैत ९, २०८०

काठमाडौँ- एलन मस्कको नेतृत्वमा रहेको अमेरिकी बीएमआई (ब्रेन-मेसिन इन्टरफेस) कम्पनी न्यूरालिङ्कले मार्च २० ...