विद्युत व्यापार र अन्तराष्ट्रिय विद्युत्‌ बजारमा नेपालको पहुँच

कुलमान घिसिङ | साउन २६, २०८०

- विगत दुई वर्षमा नेपाल विद्युत प्राधिकरणले जम्मा १७७४ मे.वा.को विद्युत खरीद बिक्री सम्झौता गरेको छ। यस अवधिमा प्राधिकरणले नदी प्रवाही (आरओआर) जलविद्युत आयोजनातर्फ १५०० मेगावाटको थप  विद्युत खरीद सम्झौता (पीपीए) खुलाएको छ । सो अनुसार प्राधिकरणबाट ११०५ मेगावाटको पीपीए स्वीकृति भइसकेको छ र अन्य थप पीपीए हुने क्रममा रहेका छन् । हाल नदी प्रवाहीतर्फ कुल ६७५० मेगावाट र अर्धजलाशययुक्त (पीआरओआर) तर्फ ४५०० मेगावाटको पीपिए खुलाई सो बमोजिम पीपीए भइरहेको छ। 

- विगत दुई वर्षमा जम्मा १२४६ मेगावाट विद्युत उत्पादन थप भई राष्ट्रिय ग्रीडमा जोडिसकेको अवस्था छ। हालसम्ममा पीपीएको कुल क्षमता ८०५२ मेगावाट पुगिसेकेको छ। 

- जम्मा १० जलविद्युत आयोजनाहरुबाट उत्पादित करिब ४५२ मेगावाटविद्युत भारत निर्यात भइरहेको छ।

- विगत दुई वर्षमा प्राधिकरणले भारतमा विद्युत निर्यात र आयातका लागि समेत बोलपत्र आव्हान गरी भारतीय उत्पादक तथा विद्युत व्यापार कम्पनीहरुबाट प्राप्त बोलपत्रको मूल्यांकन समेत गरी विद्युत बजारको अध्ययन गरेको थियो । उक्त बोलपत्रबाट प्राधिकरणले प्रत्यक्ष लाभ लिन नसके पनि सो अनुभवबाट नेपाललाई बजार डिजाइन तथा विस्तारका लागि उपयोगीसिद्ध हुने अपेक्षा गरिएको छ।

- नेपालले विद्युत निर्यातका लागि स्वीकृति प्राप्‍त गरेका आयोजनाबाहेक प्राधिकरणले भारतीय ट्रेडिङ्ग कम्पनी एनभीभीएनसँग २०० मेगावाट विद्युत वर्षायामका महिनाहरुमा निर्यात गर्नका लागि ५ वर्षे मध्यकालीन विद्युत बिक्री सम्झौता सम्पन्‍न गरेको छ र सो क्षमताको स्वीकृति भारत सरकारबाट निकट भविष्य मै प्राप्त भई विद्युत निर्यात गर्ने तयारी भइरहेको छ। सो आयोजनाहरुलगायत नेपाल विद्युत प्राधिकरणले १९ जलविद्युत आयोजनाहरुबाट उत्पादन हुने जम्मा १०७३ मेगावाट  विद्युतको स्वीकृतिका लागि भारतीय विद्युत व्यापार कम्पनीहरु पीटीसी इण्डिया तथा एनभीभीएन NVVN मार्फत भारत सरकार समक्ष आवेदन गरिसकेको छ।

- नेपालले पहिलोपटक भारतको बिहार राज्यको अन्तराज्‍यीय संरचना प्रयोग गरी भारतीय विद्युत बजारमा पहुँच प्राप्त गर्ने सहमति विहारको सम्बन्धित निकाय बिहार स्टेट पावर होल्डिङ कम्पनी लिमिटेड (बीएसपीएचसीएल) सँग  समझदारीपत्र (एमयोयू) मार्फत जुटाएको छ र नेपाल-विहार १३२ के.भी. प्रसारण लाइनहरुबाट विहारको अन्तराज्‍यीय प्रसारण संरचना मार्फत विद्युत निर्यात गर्न भारतीय विद्युत व्यापार कम्पनी पीटीसी इण्डिया र नेपाल विद्युत प्राधिकरणबीच विद्युत खरीद बिक्री सम्झौता गरिएको छ। 

- प्राधिकरणले दोश्रो अन्तरदेशीय प्रसारण लाइन नयाँ बुटवल-गोरखपुर ४०० के.भी. प्रसारण संरचनाको भारतीय खण्ड निर्माणका लागि भारतको पावर ग्रिड कर्पोरेशनसँग ५०: ५० शेयर संरचना रहेको संयुक्त उपक्रममा सहभागी भइ संरचना निर्माणमा अन्तराष्ट्रिय अनुभव हासिल गरिरहेको छ र पावर ग्रिडसँग कार्यान्वयन तथा प्रसारण सेवा सम्झौता (आईटीएसए) हस्ताक्षर गरी उक्त लाइन निर्माणाधिन अवस्थामा प्रवेश गरेको छ। उक्त लाइन करिब ३ वर्षमा सकिने छ र त्यसबाट करिब २५०० मेगावाट विद्युत निर्यात गर्न सकिने छ। 

- अन्य थप २ वटा ४०० के.भी. अन्तरदेशीय प्रसारण लाइनहरु इनरुवा-पूर्णिया र दोदोधरा-बरेलीमा प्राधिकरणको प्रत्यक्ष सहभागितामा क्रमशः आ.ब. २०२७।२८ र २०२८।२९ मा निर्माण सम्पन्‍न गर्ने गरी भारतीय पक्षसँग सहमति भई छलफल अघि बढाइएको छ । यसबाट १० वर्षमा करिब दश हजार मेगावाट विद्युत छिमेकी देशमा निर्यात गर्न अन्तरदेशीय प्रसारण संरचना पुरा हुने छन्।  

- बंगलादेशसँग ४०-५० मे.वा. विद्युत निर्यातका लागि प्राधिकरण, बंगलादेश पावर डेभलपमेन्ट बोर्ड र भारतीय विद्युत व्यापार कम्पनी एनभीभीएनबीच त्रिपक्षीय विद्युत बिक्री सम्झौता हस्ताक्षरका लागि अन्तिम चरणमा पुगेको छ र यसै वर्ष सो व्यापार शुरु हुने लक्ष्यअनुरुप नेपालले दक्षिण एसियाको उप-क्षेत्रीय  बजारमा प्रवेश पाउने तयारी प्राधिकरणले गरिरहेको छ।

- सौर्य विद्युततर्फ प्राधिकरणबाट २५ मेगावाट र निजी क्षेत्रबाट ६२ मेगावाट गरी ८७ मेगावाट राष्ट्रिय ग्रिडमा जोडिसकेको छ भने अधिकतम मूल्य प्रति युनिट रू. ५।९४ नबढने गरी ९० मेगावाटको सौर्य विद्युत पीपीएमार्फत खरीद गर्न बोलपत्रहरुको मूल्यांकनको अन्तिम चरणमा कार्य भइरहेको छ। 

- भारतको टनकपुर सवस्टेशनमा जडित ५० एमभीए, २२०/१३२ के.भी. क्षमताको पावर ट्रान्सफरमरलाई प्राधिकरणकै खर्चमा क्षमता अभिवृद्धि गरी १०० एमभीए बनाइएको छ र यसबाट प्राधिकरणले थप विद्युत आयात/निर्यात गर्न पाइरहेको अवस्था छ। 

- भारतसँग जोडिएको प्रसारण लाइन कटैया-कुशाहा र रक्सौल-परवानीपुर १३२ के.भी. प्रसारण लाइनहरुमा दोश्रो सर्किट थप गरी विद्युतको भरपर्दोपन र प्रसारण क्षमता वृद्धि गराइएको छ। 

- नेपाल विद्युत प्राधिकरणले नेपाल-भारत बैठकहरु मार्फत भारतको उत्तर प्रदेश र उत्तराखण्डसँग जोडिने गरी थप प्रसारण लाइनहरु प्रस्ताव गरेको र सो सम्बन्धमा अध्ययन एवं निर्माण कार्य समेत अघि बढाइएको अवस्था छ। नेपाल र उत्तर प्रदेश जोडिने गरी मैनहिया-न्यू नौतनुवा र कोहलपुर-नानपारा १३२ के.भी. प्रसारण लाइनहरुको निर्माण कार्यहरुलाई अघि बढाइएको छ। यसबाट नेपालले भविष्यमा वर्षा याममा भारतको उत्तर प्रदेशसँग विद्युत निर्यात कार्य गर्न सक्ने पृष्ठभूमि तयार भएको छ।  

- हालको टनकपुर-महेन्द्रनगर १३२ के.भी. प्रसारण लाइनको क्षमता ८० मेगावाट मात्र भएकाले भविष्यमा सुदुर पश्चिम क्षेत्रमा निर्माण सम्पन्‍न हुने जलविद्युत आयोजनाहरुलाई मध्यनजर गरी सो लाइनको क्षमता अभिबृद्धि गर्ने वा २२० के.भी. भोल्टेज लेभलमा नयाँ लाइन निर्माण गर्ने सम्बन्धमा नेपाल विद्युत प्राधिकरणको अनुरोधमा नेपाल र भारत बीच अध्ययन कार्य शुरु गर्ने तयारी भइरहेको छ।

(नेपाल विदुयत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो दोस्रो कार्यकालको दुई वर्षको अवधिमा हासिल गरेका उपलब्धि सार्वजनिक गर्ने क्रममा विद्युत व्यापार तथा निर्यातका अवस्थाबारे बिहीबार आयोजित पत्रकार सम्मेलनमा दिएको विवरण)

रुवाण्डा र कोलम्बियाबाट नेपालले सिक्नुपर्ने

विज्ञहरूले असक्षम नेतृत्वका कारण मुलुक असफल राष्ट्रतर्फ उन्मुख हुँदै गएको भन्दै चिन्ता व्यक्त गरेका छन् । सुन...

यसरी बनेको थियो पहिलो सीमापार प्रसारण लाइन- ढल्केबर-मुजफ्फरपुर ४०० केभी

ई. रामेश्वर यादव | साउन २४, २०८०

नेपाल विद्युत् प्राधिकरण कठिन परिस्थितिमा गुज्रिरहेको बेला तीनपटक प्रमुख पदमा बसी काम गर्ने सुअवसर प्राप्त...

विभेदको पुलिन्दा : विद्यालय शिक्षा ऐन, २०७९ प्रारम्भिक मस्यौदा

विधेयकका सकारात्मक पक्ष २०२८ सालमा जारी राष्ट्रिय शिक्षा ऐन, २०२८ ले विद्यालय शिक्षालाई मात्र सम्बोधन ग...

भारतले बनाएको पञ्चेश्वर डीपीआरमा पुनरावलोकनको खाँचो

नेपालका प्रधानमन्त्रीबाट हालसालै गरिएको भारत भ्रमणका क्रममा पहिले-पहिलेका प्रधानमंत्रीहरूको भारत भ्रमण को...