नेपाल यसरी बन्न सक्छ, हर्बल टनिकको हब

नारायण घिमिरे | फागुन १३, २०७८

जीवनका अत्यन्त महत्त्वपूर्ण नैतिक र धार्मिक अनुशासनमा मानव प्रजनन क्रियाको भूमिका रहने गर्दछ । मानिस स्वस्थ रहन उसमा हुने कामोत्तेजना सन्तुलित रहेर मात्र हुँदैन । जरुरत अनुरूप कामोत्तेजना पैदा हुने र अन्य समयमा नियन्त्रणमा रहने गरी मनोवैज्ञानिक र शरीर क्षमताको संयोजन रहँदा मात्र मानिस यौनिक नैतिकताको सिमामा रहन सक्छ । त्यसको लागि पुरुष तथा महिला दुबैमा पर्याप्त कामोत्तेजना शक्ति रहेको सुनिश्चितता हुन जरुरी छ । अर्को तर्फ चाहिएको समयमा मात्र कामोत्तेजना शक्ति जगाउन सक्ने, प्रेमालापमा संलग्न दुवैको यौन तृष्णा मेटिने सक्ने गरी कामोत्तेजनाको भरपुर उपयोग गर्न सक्ने यौनिक कौशलतामा अभ्यस्त हुन समेत जरुरी हुनेछ । 

नारीहरू आमाको गर्भमै रहँदा उनीहरूको सबै अण्डाहरू बन्ने हुँदा जन्मँदा नै आफ्नो ओभेरियन रिजर्भमा लगभग दश देखि बिस लाख अण्डाहरू सहित जन्मने गर्दछन् । प्रत्येक महिना लगभग एक देखि दुई हजार अण्डाहरू गुमाउने नारीहरू लगभग ४५ देखि ५५ वर्षको समयमा पुग्दा सबै अण्डाहरू कुनै न कुनै तरिकाले गुमाउने वा निष्क्रिय हुने हुँदा महिनावारी बन्द हुने मेनोपजको बिन्दुमा पुग्दछन् । उमेर बढ्दै जाँदा नारीहरूको डिम्ब भण्डारमा थोरै अण्डाहरू बाँकी रहने र बचेको अण्डाहरू समेत समय सँगै प्राकृतिक रूपमा बिग्रिएको डिएनए युक्त बनिदिने गर्दछ । उक्त क्षतिले ती अण्डाहरूको गर्भधारण हुने सम्भावना कम हुन जान्छ । 

पुरुषको शरीरले आफ्नोलागि जरुरी हुने शुक्रकीट आफ्नै अण्डकोषमा निर्माण गर्ने गर्दछ । पुरुषको अण्डकोषले प्रत्येक दिन एक सय देखि दुई सय मिलियन ताजा शुक्राणुहरू बनाउने हुँदा उनीहरूको नारीको जस्तो उमेर बढ्दै जाँदा शुक्राणुको खडेरी पर्ने अवस्था रहँदैन । हरेक समय ताजा शुक्रकीट बन्ने हुँदा नारीको डिम्बमा हुने जस्तो डिएनएको गुणस्तरको समस्या शुक्राणुमा रहँदैन । तर पनि उमेर र स्वस्थ अवस्था अनुरूप पुरुषहरूमा हुने शुक्राणुको सङ्ख्या, गुणस्तर र स्खलनको प्रक्रियामा असर देखिने गर्दछ । जसको कारण पुरुषको प्रजनन क्षमतामा गिरावट आउन सम्भव हुन्छ।

१९७० को सुरुमा पुरुषहरूमा प्रति मिली लिटर वीर्यमा औसतमा ९९ मिलियन शुक्राणु रहने गरेको भेटिएकोमा २०११ मा त्यो सङ्ख्या ४७ मिलियन प्रति मिली लिटरमा झरेको पाइएको थियो । यो तथ्यले समयको क्रम सँगै विगत चार दशकमा पुरुषको वीर्यमा शुक्राणुको गणनामा ५३ प्रतिशतले घटेको देखिन्छ । वीर्यमा शुक्राणुको सङ्ख्या घट्नुको मुख्य कारक जीवन पद्धति र खानपानको गुणस्तर प्राकृतिक र वातावरण मैत्री हुन नसक्नु नै प्रमुख रहेको विज्ञानले यकिन गरेको छ । 

हुन त पुरुषको एउटा शुक्रकीट जब सफलता पूर्वक महिलाको गर्वमा रहेको एउटा डिम्ब सम्म पुगी भित्र छिर्न सफल बन्छ तब महिला गर्भवती हुने अधिक सम्भावना रहन्छ । तर पनि प्राविधिक रूपमा प्रति मिली लिटर वीर्यमा कम्तीमा १५ मिलियन शुक्रकीट भएको, त्यसमा कम्तीमा ४० प्रतिशत हेर्दा चेपागाँडा जस्तो देखिने टाउको र पुच्छर भएको र गर्भाशय भित्रको फरक फरक प्रकृतिको योनि रसमा फटाफट पौडी खेली (मातृलोकको भागीरथी नदी स्वरूपको वैतरणी तर्ने) डिम्ब सम्म पुग्न सक्षम सक्रिय शुक्राणु रहेको शुक्रकीटको समूहले मात्र डिम्ब गर्भधारण गराउने (स्वर्गको आसनमा बस्ने सौभाग्य मिल्ने) सम्भावना अधिक रहने सेक्सोलोजिष्टहरूको धारणा सुन्न पाइन्छ।

वैज्ञानिक भनिएको अत्यन्त अवैज्ञानिक आधुनिक जीवन पद्धति भित्र भौतिक रुपमा सुविधाजनक रहेको आराम मैत्री जीवन शैली, स्वादिष्ट खाना तथा निष्क्रिय जीवन शैली मानिसको आफ्नै शरीरको आन्तरिक संरचना सञ्चालनको जरुरतको प्रतिकुल बनिदिएको छ । वैदिक जीवन शैलीले पहिचान गरेको स्वस्थ खाना र प्रकृति मैत्री जीवन पद्धतिको महत्त्वको मनन गरी व्यवहारमा लागु गर्न नसक्दा आज मानिसले वासनाको क्षेत्रको सन्तुष्टि प्राप्तिमा समेत गम्भीर प्रहार भोगी रहेको छ । 

यौन स्वस्थ र यौन कला सार्वजनिक रूपमा चर्चा गर्न नहुने विषयको रूपमा सामाजिक मान्यताहरुले चित्रण र ग्रहण गरिदिएकाले जीवनमा गम्भीर यौन विकृतिको सामना गरिरहेको बिन्दुमा समेत मानिसहरू त्यसको समाधानको उपायमा जान नसकी रोगको घर आफ्नै शरीर भित्र पालेर बस्ने गरेको भेटिन्छ । 

यौनिक कुशलताको सबै भन्दा उल्लेखनीय तर आश्चर्यको कुरा के छ भने हाम्रो समाजमा जति धेरै विज्ञ, प्राज्ञ, पेसागत विशिष्टता प्राप्त गरेको अत्यन्त सफल वर्ग भनी जति धेरै चर्चित वर्ग भेटिन्छ त्यो वर्गको मानिसनै तुलनात्मक रूपमा तल्लो ठानिएको वर्ग भन्दा झन्डै बिस प्रतिशत अधिक यौन दुर्बलताको सिकार बनेको प्रारम्भिक अध्ययनको नतिजाले संकेत गरेको भेटिएको छ । 

अनपढ र अविकसित ठानिने वर्ग पढेलेखेको र विकसित सोच बोकेको वर्ग भन्दा यौनिक सबलताको हदमा अधिक सक्षम पाइएको छ । गृहस्थ त्यागेको साधुको यौनिक सबलता गृहस्थमा टाँसिएको हट्ट(कट्टा देखिने समान उमेरको युवाको भन्दा ज्यामितीय रूपमानै अधिक भेटाइएको छ । 

आजको मितिमा हाम्रो समाजमा व्याप्त यौन समस्याको विभिन्न पहेलीहरू छन् । भौतिक रूपमा चरम यौन निराशा, समय पूर्व वीर्य वा यौन रस स्खलन, अपूर्ण वा अवरोधरत स्खलन, इरेक्टाइल डिसफंक्शन, उत्तेजनामा कठिनाइहरू आउने, अपर्याप्त कामवासना, बाध्यकारी यौन व्यवहार, अधिक कामोत्तेजना हुने तर पूर्ण स्खलनको अनुभूति लिन नसक्ने विकार, पूर्ण स्खलन हुँदा समेत सन्तुष्टि प्राप्तिमा विफलता आदि जस्ता वेतालका समस्याहरू यत्रतत्र देखिन थालेको छ ।  

यौनरत जोडी बिचको आधारभूत यौन सन्तुष्टिको जरुरत हासिल हुन सकी नरहेको समस्याले उनीहरूबिच मानसिक सौहार्द्यता र शारीरिक आकर्षण समेत क्षय गर्ने चरणमा आपसी सम्बन्धलाई पुर्‍याउने गरेको भेटिनु समेत आजको समाजको सामान्य परिघटना बनिरहेको छ।

विज्ञानले चरम सुखको समयमा स्खलन हुने तरल पदार्थ वीर्यमा सामान्य भन्दा कम शुक्रकीट हुने अर्थात् शुक्राणुको सङ्ख्या कम हुनुलाई ओलिगोस्पर्मिया र शुक्राणुको सङ्ख्या शून्य रहनुलाई एजुस्पर्मिया भन्ने गर्दछ । सन्तान प्राप्तिको लक्ष समेत लिएर हुने उत्कृष्ट यौन आनन्द प्राप्ति सहितको माङ्गलिक यौन कर्ममा लिन हुने रति क्रीडाको उद्देश्य पूर्ति नहुनुमा केवल भौतिक मात्र होइन आध्यात्मिक कारकहरू समेत रहने गरेका छन् । मानिसको वेचैनी युक्त यौन अपूर्णताको कारकमा उसको खानपान र जीवन शैलीले निम्ताएको स्खलित यौन चाहना, वीर्य र गर्भाशयको संरचनागत विषय वस्तुहरू आदि समेत हुने गरेका छन्।

आयुर्वेदिक हर्बल टनिकको ग्लोबल बजार मागलाई नेपालले मनग्य आम्दानी लिन सक्ने अवसरको रूपमा सदुपयोग गर्न सक्ने मौका प्राप्त गरेको छ।

विज्ञानले विभिन्न यौन कमजोरीहरूको नाम जे सुकै दिएको होस्, व्यावहारिकतामा यो अवस्था आउनुको कारक कि त खाएको खाना वाट शरीरले जरुरत अनुरूप सार तत्त्व नपाएको हो । खानामा जरुरत हुने सारतत्व रहेको भए त्यो शरीरको प्रणाली मैत्री नभएको कारण शरीरले निखारेर लिन नसकेको हो । त्यसमा पर्यावरणीय अतिक्रमण र असन्तुलनको समेत मुख्य भूमिका रहने गरेको छ । 

उत्कृष्ट कामोत्तेजना अर्थात् यौनिक सबलताको लागि संसारकै उत्कृष्ट उपचार दैनिक खान(पान, जीवन शैली र जडीबुटी युक्त औषधि हो । त्यस्ता खाना जसले अनुशासित मानव यौन वृत्तिको सहजता निर्माण गर्दछ, यौन इच्छा जगाउँछ, यौनको सुन्दर पक्षको खुला दिलले स्वागत तथा प्रशंसा गर्ने मनोभावको विकास गर्दछ, यौन क्षमता तथा यौन सन्तुष्टिको महसुस गर्ने क्षमताको विकास गर्दछ, प्रेमालापमा आनन्द विभोर हुन र प्रेमीलाई प्रेम प्रदर्शन गर्ने मानवीय गुणको निर्माण गरिदिन्छ । 

यौनिक सबलता आफैमा एउटा निकै धेरै पक्षको प्रभावकारी संयोजनको पक्ष रहेकोले यो कुनै सेन्थेटिक ओखती वा सप्लिमेन्टको सेवन वाट निदान हुने विषय होइन । साथै प्रकृति मैत्री जीवन चर्यामा रमाउनेहरूको लागि भने यो कुनै रकेट साइन्स समेत रहदैन ।  

हालैको कोरोनाको लकडाउनको समयले संसारभरका मानिसहरू लाई आफ्नो व्यक्तिगत यौन क्षमताको हद बारे गहिरो अनुभूति गर्ने अवसर दिलायो । फलतस् आफ्नो सारथिको अतृप्त यौन इच्छा पूर्ति गर्न आफ्नो यौनिक क्षमतामा सुधार गर्न यो समयमा यौन वर्धक भियेग्रा अर्थात् सप्लिमेन्टहरूको विश्वव्यापी रूपमा सर्वाधिक खोजी हुन पुग्यो।

यौन समस्या समाधानमा प्रभावकारी जडीबुटी र औषधिहरूको प्रयोगमा विश्वव्यापी रुपमा देखिएको उल्लेख्य वृद्धिले सन् २०२५ भित्रै जडीबुटीमा आधारित कामोत्तेजना बढाउने र काम शक्ति निर्माण गर्ने औषधिको मागमा ३२० मिलियन डलरले वृद्धि अनुमानित आँकडा बाहिरियो । वातावरणीय अनुकूलताको कारण नेपाल यौन समस्या समाधान गर्ने ओखतीमा कच्चा पदार्थको रूपमा जाने जडीबुटी, औषधीय कण तथा जीवाणुहरूको गुणस्तरीय उत्पादन गर्न सकिने मुलुक हो । यौन टनिकको उत्पादन हबको रूपमा सहजै विकास गर्न सकिने मुलुकको रूपमा रहेको नेपालको लागि अनुमानित आँकडा निकै चाख पूर्ण रहेको बुझिन्छ।

आयुर्वेदमा वीर्यमा अत्यन्त न्यून शुक्राणुको सङ्ख्या रहेको एक पुरुषको उपचारमा समय अनुकूल प्राकृतिक यौन चाहनाको समेत वृद्धि गर्ने नियतले जडीबुटी जन्य ओखती बनाउन क्रममा विरामीको कमसलतामा देखिने सबै ओखतिय सारतत्वको कमीको पूर्ति हुने गरी ओखतीको मन्त्र अर्थात् फर्मुलाको निर्माण गर्ने गरिन्छ।

शरीरमा हुने कुनै पनि प्रकारको कमीले निम्त्याउने नतिजा बहु आयामिक हुने हुँदा त्यसको निदानको लागि आयुर्वेदले धेरै जडीबुटी र मिनीरल्स ९भस्म० मिश्रित ओखती निर्माण गर्ने गर्दछ । जुन मन्त्र अन्तर्गत औषधीय सारतत्वको पूर्ति, अधिक मात्राले दिने हानिको न्यूनीकरण गर्ने अर्को तत्त्व, ओखतिय तत्त्वको पाचनको लागि र शरीरमा सारतत्व सोसिनको लागि सहयोगी तत्त्व, पाचन पश्चात् आउने सारतत्व वाट अन्य सारतत्व निर्माण गर्न सहयोगी तत्त्व आदि वा बिपाक तत्व आदि रहने गर्दछ।

फर्मुलाको सुरक्षा गर्ने तत्त्व, फर्मुला लामो समय गुणस्तरीय राख्ने तत्त्व र पाचन पश्चात् रहने फोहर पदार्थ शरीरबाट बाहिर फाल्न सहयोग हुने विसर्जनको सहयोगी तत्त्व मिश्रित विभिन्न संयोजन समेतको निर्माणको लागि आयुर्वेदले पोली(हर्बल(फर्मुला अर्थात् महा(मन्त्रको उपयोग गर्ने गरेको हुन्छ । 

 

खानालाई ओखतीमा परिवर्तन गर्ने आयुर्वेदिक काइदाले विकसित गरिएको फर्मुला मानिसको प्राकृतिक पाचन प्रणाली मैत्री बनाउन सकेसम्म ओखतीसँग मैत्री हुने खानासँग खाने गरी विकसित गरिएको हुन्छ । जसले गर्दा ओखतीको पोस्ट(एब्जरसन मिराकल भनिने बिपाक प्रक्रियाको उचित संयोजनमा ध्यान पुगेको हुन्छ । 

फलतः आयुर्वेदिक ओखती व्यवहारिक रूपमा मानिसले दैनिक रूपमा खाने खानको पाचन पश्चताको स्वरूपको प्रकृतिमा नै शरीर लाई प्राप्त हुने हुँदा कुनै साइड इफेक्टको भाउतोको लफडा मुक्त बनाउने गरिन्छ । 

ओलिगोस्पर्मिया भनिने वीर्यमा न्यून शुक्राणुको सङ्ख्या रहेको एक पुरुषमा समय अनुकूल प्राकृतिक यौन चाहना वृद्धि गर्ने नियतले विकास भएको एउटा आयुर्वेदिक भियग्रा यथार्थमा रोगको कारक तत्त्वको समेत उपचार हेतुले वीर्य निर्माण गर्ने अण्डकोष लाई तन्देरी बनाउने, धेरै सङ्ख्यामा बलिष्ठ र फुर्तिला शुक्राणु बनाउने, वीर्यको द्रवेयता, पौडने क्षमता र गतिशीलतामा सुधार गर्ने, यौन चाहना वृद्धि गर्न टनिकको व्यवस्था गर्ने आदिमा समेत ध्यान दिइने गरिन्छ । 

यौन दोष भएका हरूमा प्रायस् भेटिने मोटो पन, एञ्जाइटि, डिप्रेसन, मुटु र कलेजोको समस्या, पाचनको समस्या, पेट र शरीर दुख्ने आदि समेतको कम्बो उपचारको संयोजन रहेको हुन्छ । आयुर्वेदले गर्ने यस्तो प्रकारको एउटा समस्याको बहु–आयामिक विचरण, औषधि मुलोको व्यवस्था अन्य उपचार पद्दतिमा बिरलै हुने हुँदा भविष्यमा आयुर्वेदिक ओखती प्रणाली बारे बुझ्ने मौका पाएको नयाँ पुस्ता अन्य ओखती भन्दा आयुर्वेदिक ओखती तर्फ आकर्षित हुने निश्चित देखिन्छ।

आज विश्वमा जुन वर्ग धनी छ, जुन वर्ग तुलनात्मक रूपमा बौद्धिक रूपमा सक्षम छ, त्यो वर्ग नै संसारको सबैभन्दा उत्कृष्ट र चरम आनन्द ठानिने यौन सन्तुष्टि प्राप्त गर्न र आफ्नो सारथिलाई यौन सन्तुष्टि दिन वाट आफू चुकिरहेको भन्ने अनुभूति गरिरहेको देखिन्छ । त्यसको निवारणका लागि त्यो वर्ग जति पनि पैसा र समय खर्च गर्न तैयार समेत भेटिन्छ।

यौन गोप्य विषय रहेकाले सकेसम्म कम मानिससँग परामर्श लिएर विश्वका धनी वर्ग निकै ठूलो रकम यौन टनिक र भियग्राको कारोबारमा खर्चिरहेको छ । आयुर्वेद जुन मुलुकको आफ्नो परम्परागत ज्ञान हो, भियाग्रा, यौनजन्य र मानसिक सन्तुलन जन्य सारतत्व दिने सबैभन्दा उत्कृष्ट गुणस्तरको जडीबुटी, ओखतीय प्राकृतिक कण तथा जीवाणुको उत्पादन जुन मुलुकमा सजिलै हुन्छ त्यो मुलुकमा नेपालसमेत पर्ने गर्दछ । यो अर्थमा मेसो पाउन सके, बुद्धि पुग्न सके तथा चाँजो पाँजो मिले आयुर्वेदिक हर्बल टनिकको ग्लोबल बजार मागलाई नेपालले मनग्य आम्दानी लिन सक्ने अवसरको रूपमा सदुपयोग गर्न सक्ने मौका प्राप्त गरेको छ।

(लेखक घिमिरे खाद्य तथा औषधि विज्ञ हुन् ।)

अर्गानिक उत्पादन कसरी चिन्‍ने ?

महेश्वर घिमिरे | फागुन ११, २०७८

अहिले काठमाडौँ लगायत नेपालका मुख्य बजारमा जताततै प्राङ्गारिक (अर्गानिक) उत्पादनका विज्ञापन गरिएका पसल फ...

एमसिसीको विरोधमा अन्तर्निहीत लोकतन्त्र र उदार आर्थिक व्यवस्था समाप्त पार्ने खेल

केशवप्रसाद भट्टराई | फागुन ११, २०७८

एमसिसी अनुदान स्वीकार गर्नोस या नगर्नोस अमेरिकाको नेपाल नीतिलाई इण्डो प्यासिफिक (हिन्द–प्रशान्त) रण...

जलविद्युतको लगानी र बिजुली बेच्ने नेपालीको सपना जोखिममा

भीम गौतम | फागुन १०, २०७८

नेपाल विद्युत प्राधिकरणले प्रत्येक वर्ष ८ देखि १० प्रतिशतले विद्युतको माग वृद्धि हुने प्रक्षेषण गरेको गर्ने ...

विदेशीको अनुदानले मात्रै देश बन्दैन तर के विदेशीलाई गाली गरेर बन्छ ?

घनश्याम भट्ट | फागुन ९, २०७८

विकास पूर्वाधारको एउटा अमेरिकी परियोजना एमसीसी नेपालमा राजनीतिक विवादको भूँमरीमा परेको छ । नेपालका...

तीन वर्षदेखि संसद्‌मै अल्झिएको सूचना प्रविधि विधेयकका नियत–बद्‌नियत

तारानाथ दाहाल | फागुन ८, २०७८

सूचना प्रविधिका क्षेत्रमा पछिल्लो दशकमा द्रूततर विकास र विस्तार भएसँगै अनलाइन–डिजिटल स्पेसमा अभिव्य...