आइतबार १८ जेठ, २०८२
Sunday, June 01, 2025

संवैधानिक परिषद्‍को बैठक सुरु, सभामुख सापकोटा अनुपस्थित

बालुवाटारमा बसेको संवैधानिक परिषद्‍को बैठक । तस्बिर : प्रधानमन्त्रीको सचिवालय

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले बोलाएको संवैधानिक परिषद्‍को बैठक सुरु भएको छ । प्रधानमन्त्री निवास बालुवाटारमा बैठक सुरु भएको हो ।

प्रधानमन्त्री अध्यक्ष रहने संवैधानिक परिषद्‍मा प्रधानन्यायाधीश, प्रतिनिधिसभाका सभामुख, राष्ट्रियसभाका अध्यक्ष, प्रतिनिधिसभाका विपक्षी दलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहनुपर्ने नेपालको संविधानको धारा २८४ मा व्यवस्था छ । तर उक्त बैठकमा सभामुख अग्‍निप्रसाद सापकोटा भने अनुपस्थित छन् ।

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा बैठकमा सहभागी भएकव उनका स्वकिय सचिव भानु देउवाले इकागजलाई जानकारी दिए ।

र, यो पनि
- ओलीले एकलौटी गरेपछि संवैधानिक परिषद् बैठकमा सभामुख नजाने, बैठक अन्यौलमा
कोरम नपुगेपछि संवैधानिक परिषद्‍को बैठक स्थगित
यसकारण बस्दैन आइतबार बोलाइएको संवैधानिक परिषद् बैठक
संवैधानिक परिषद् बैठकमा देउवा नजाने
संवैधानिक अंगका उम्मेदवारको सूची प्रधानमन्त्रीको खल्तीमा, कसले मार्ला बाजी ?