प्रतिबन्धित नेकपासँग निरन्तर अनौपचारिक वार्तामा सरकार
खानेपानीमन्त्री थापा नेतृत्वको टोलीसँग कुरा मिलेपछि औपचारिक वार्ता गरिने

काठमाडौँ : सरकारले नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपासँग अनौपचारिक वार्ता गरिरहेको छ । स्रोतका अनुसार खानेपानीमन्त्री मणि थापा संयोजकत्वको टोलीले नेकपाका प्रतिनिधिहरूसँग अनौपचारिक वार्ता गरिरहेको हो ।
‘चन्द नेतृत्वको प्रतिबन्धित नेकपासँग खानेपानीमन्त्री मणि थापा नेतृत्वको टोलीले अनौपचारिक वार्ता गरिरहेको छ । आज पनि वार्ता भयो । कुरा सकारात्मक भएको छ,’ स्रोतले भन्यो ।
सरकारले अनौपचारिक रूपमा कुरा मिलेपछि औपचारिक रूपमा कार्यदल बनाएर वार्ता गर्ने तयारी गरेको छ । ‘अनौपचारिक रूपमा भइरहेको वार्ता एउटा निचोडमा पुगेपछि औपचारिक रूपमा कार्यदल बनाएर वार्ता हुन्छ,’ प्रधानमन्त्री निकट स्रोतले भन्यो, ‘भोलि या पर्सिभित्र त्यो काम टुंगिन्छ । सकभर आजै रातिसम्म अनौपचारिक वार्ता निचोडमा पुर्याउनेगरी हामी लागिरहेका छौं ।’
यता गृहमन्त्रालय स्रोतले गृहमन्त्री रामबहादुर थापाले पनि प्रतिबन्धित नेकपाका महासचिव चन्दसँग अनौपचारिक रूपमा वार्ता गरिरहेको जानकारी इकागजलाई दिएको छ । चन्द र थापा तत्कालिन माओवादीको सशस्त्र द्वन्द्वको समयमा सहकर्मी पनि हुन् । माथिल्लो स्तरमा महासचिव र गृहमन्त्रीबीच छलफल हुने र अर्को सरकारी पक्षबीच कुरा मिलेपछि टुंगो लाग्ने दुवै पक्षका प्रतिनिधिहरू बताउँछन् । तर, दुवै पक्षको एउटै भनाई छ, ‘हामीले औपचारिक रूपमा टुंग्याएपछि मात्रै औपचारिक रूपमा बताउँछौं ।’
महासचिव चन्दले शनिबारमात्रै विज्ञप्ति निकालेर आफूहरू सरकारसँग वार्ता गर्न तयार रहेको बताएका थिए ।
यता, गृहले प्रधानमन्त्रीलाई सरकार र चन्द नेतृत्वको नेकपासँग वार्ता हुने भएमा आफूहरू दुवै पक्षलाई आवश्यक पर्ने सुरक्षा दिन तयार रहेको बताएको छ । ‘राजनीतिक समस्याको समाधान राजनीतिक तवरबाटै हुने हो । हामी राजनीतिक तवरबाट समस्या समाधान हुन वार्ता हुने भएमा सुरक्षा दिन तयार छौं,’ गृहले प्रधानमन्त्री कार्यालयलाई गराएको जानकारीबारे गृह स्रोतले भन्यो ।
चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ताका लागि दुई सर्त राखेको छ । उसले अहिलेसम्म सरकारले पक्राउ गरेका पार्टीका नेता कार्यकर्तालाई छोड्नु पर्ने र पार्टीमाथि सरकारले लगाएको प्रतिबन्ध फुकुवा गर्नु पर्ने सर्त प्रतिबन्धित नेकपाको छ । सरकारले २०७५ फागुन २८ गते यो पार्टीमाथि प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध लगाउने बेलामा पनि प्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रामबहादुर थापा नै थिए ।
चन्द नेतृत्वको नेकपाका प्रभावशाली नेताहरू हेमन्तप्रकाश ओली, ध्रमेन्द्र बास्तोलालगायतका नेताहरू अहिलेपनि जेलमा छन् । नख्खु जेलमा रहेका यी दुई नेतामार्फत नै पार्टीसँग वार्ता गर्ने वातावरण निर्माण भएको सरकारी स्रोतहरू बताउँछन् । अहिले अनौपचारिक वार्ताको नेतृत्व गरिरहेका खानेपानीमन्त्री थापाले नख्खु जेलमा पुगेर माघ २० गते भेटेका थिए । त्यसपछि वार्ताको वातावरण बन्दै गएको स्रोतहरू बताउँछन् ।
यता सरकारले नेकपा वार्ताका लागि सरकारात्मक देखिएपछि जेलमा रहेका पार्टीका नेता अनिल शर्मा विरहीलाई रिहा गरेको थियो । उनले पनि दुई पक्षका नेतृत्वबीच वार्ताको वातावरण निर्माण गर्न पुलको भूमिका निर्वाह गर्दै आइरहेको सुरक्षा स्रोतले इकागजलाई बतायो ।
र यो पनि...
- यसरी बन्यो प्रतिबन्धित नेकपासँग वार्ताको वातावरण
- चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ता गर्ने
- अनुगमनका लागि गएको थिएँ, विप्लवका नेतासँग भेट भयो : मन्त्री थापा

कांग्रेसले बोलायो केन्द्रीय कार्यसमितिको आकस्मिक बैठक

भिसा प्रकरण गम्भीर बिषय भएकाले छानबिन हुनुपर्छ : अध्यक्ष प्रचण्ड

‘सगरमाथा संवादका निष्कर्ष कार्यान्वयनमा अघि बढेका छौँ’

निलो रिबनले जनाउँछ मानव तस्करीविरूद्धको प्रतीक, रास्वपाले त्यहि गर्यो संसद्मा

आज प्रतिनिधिसभाको बैठक बस्दै

किसानलाई कृषि कर्जाको ब्याजमा अनुदान दिइने

पार्टीभित्र महामन्त्रीहरुलाई अराजकता गर्ने छुट छैनः कांग्रेस सहमहामन्त्री राठौर

प्रतिक्रिया