राजनीति

चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ता गर्ने

इकागज |
फागुन ८, २०७७ शनिबार १६:२ बजे

काठमाडौँ : नेत्रविक्रम चन्द नेतृत्वको प्रतिबन्धित नेकपाले सरकारसँग वार्ता गर्न सकारात्मक रहेको जनाएको छ । पार्टी महासचिव चन्दले शनिबार विज्ञप्ति जारी गर्दै आफूहरू वार्ताका लागि सकारात्मक रहेको बताएका हुन् । 

‘हाम्रो क्रान्ति राष्ट्र, समाज, अग्रगामी रूपान्तरण एवं जनसमुदायको हित र अधिकारको लागि गरिएको सचेत पहल हो । यसको प्रक्रियामा आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्‍न‍ अवस्थामा हाक्रो पार्टी सरकारसाग सम्वाद र वार्ताको लागि सकारात्मक रहेको विषय सबैमा जानकारी गराउँदछौं,’ चन्दद्वारा जारी विज्ञप्तिमा भनिएको छ । 


केपी शर्मा ओली नेतृत्वको काम चलाउ सरकारले वार्ताका लागि तयार भए प्रतिबन्ध हटाउने संकेत दिएपछि चन्दले वार्ताका लागि तयार रहेको विज्ञप्ति जारी गरेको निकटस्थहरू बताउँछन् । 


 


Author

थप समाचार
x