निजी अस्पतालले पनि कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने
काठमाडौँ- निजी अस्पताल र मेडिकल कलेजले पनि कोभिडविरुद्धको खोप केन्द्र सञ्चालन गर्न पाउने भएका छन् । ५० बेड क्षमता भन्द बढी भएका निजी अस्पतालले खोप केन्द्र सञ्चालन गर्न पाउने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
खोप केन्द्र सञ्चालन गर्ने अस्पतालले सम्बन्धित जिल्लाको स्वास्थ्य संस्थासँग समन्वय गरी १८ वर्ष माथिका नागरिकलाई कोभिडविरुद्धको खोप लगाउनु पर्नेछ ।
खोप उपलब्धताको आधारमा सरकारको नियमानुसार बिहान ९ बजेदेखि ५ बजेसम्म कोभिड खोप लगाइदिनुपर्नेछ ।