रोग र उपचार

चार वर्षदेखि स्वास्थ्यकर्मीविहीन तनहुँ कारागार

इकागज | भदौ १३, २०७९

तनहुँ - करिब चार वर्षदेखि तनहुँ कारागार स्वास्थ्यकर्मी विहीन छ । अहेब सक्षम घिमिरे सरुवा भएपछि विसं २०७५ असोजदेखि हालसम्म कारागार स्वास्थ्यकर्मी विहीन रहेको तनहुँ कारागारले जनाएको छ । उक्त पदपूर्ति हुन नसक्दा कारागारमा रहेका कैदीबन्दीको स्वास्थ्य परीक्षणमा समस्या भएको कारागारका निमित्त प्रमुख नारायणप्रसाद अधिकारीले जानकारी दिए । 

लामो समय स्वास्थ्यकर्मी विहीन हुँदा कैदीबन्दीको सामान्य उपचारमा समस्या भएको उनले बताए । 'कैदीबन्दी सामान्य बिरामी हुँदा अहिले उपचारका लागि दमौली अस्पताल लैजानुपर्ने बाध्यता छ', उनले भने, 'बाहिरबाट सवारी मगाएर कैदीबन्दीलाई अस्पतालसम्म पुर्‍याउनुपर्छ । यो कार्य जोखिम छ ।' 

सुरक्षाका दृष्टिकोणले कैदीबन्दीलाई उपचारका लागि लैजाँदा हातमा हतकडी लगाउनुपर्ने भए पनि बाहिरी जनमानसमा चिनिने लाजले उनीहरू रोग लुकाएर बस्ने अवस्था छन् । रिक्त रहेको अहेबको पदपूर्तिका लागि लोकसेवा आयोगमा लेखी पठाइएको निमित्त जेलर अधिकारीले जानकारी दिए । अब छिट्टै उक्त पद पदपूर्ति हुनेमा आफूहरू आशावादी भएको उनले बताए । 

तनहुँ कारागारमा अहिले ११ महिला र ब्लक ‘ए’ मा ६३ कैदी र ५५ थुनुवा, ब्लक ‘बि’ मा ६१ कैदी र ८६ थुनुवा, ब्लक ‘सि’ मा १० कैदी र ६ थुनुवा गरी २८१ जना पुरुष कैदीबन्दी रहेका छन् । एक सय ३५ क्षमताको पुरुष कारागारमा दोब्बरभन्दा बढी कैदीबन्दी राख्नुपर्दा गर्मी मौसममा सरुवा रोगदेखि विभिन्न किसिमका समस्या झेल्दै आएको कारागारले जनाएको छ । 
रासस

आँखाका ३५ नानी संकलन

इकागज | साउन २५, २०७९

चितवन - नेपाल नेत्रज्योति संघ चितवनद्वारा सञ्चालित भरतपुर आँखा अस्पतालले १८ जनाको ३५ वटा आँखाको नानी स...

स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भन्दै एमालेको आपत्ति

इकागज | साउन २५, २०७९

काठमाडौँ - प्रमुख प्रतिपक्षी नेकपा (एमाले)ले स्वास्थ्य बीमा कार्यक्रम निजी क्षेत्रलाई जिम्मा लगाउन खोजिएको भ...

हेमोफिलिया बिरामीका लागि करोडको औषधि र उपकरण वितरण, के हो हेमोफिलिया ?

इकागज | साउन २३, २०७९

मकवानपुर - हेमोफिलियाका बिरामीको उपचारको लागि बागमती प्रदेश सरकारले करीब १ करोड बराबरको औषधि र उपक...