रोग र उपचार

आजबाट चिकित्सकको परामर्श शुल्क बढ्यो

इकागज | जेठ १, २०८०

काठमाडौं - नेपाल चिकित्सक संघ र एशोसिएशन अफ प्राइभेट हेल्थ इन्स्टिच्युसन नेपाल (अफिन)ले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श सेवा शुल्क बढाएको छ । 

संघका महासचिव डा सञ्जीव तिवारीले आजदेखि लागू हुने गरी चिकित्सकको परामर्श शुल्क पहिलेको तुलनामा १४ प्रतिशत बढाइएको जानकारी दिए । 

संघले चिकित्सको परामर्श शुल्क दुई वर्षपछि बढाएको हो । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका तर्फबाट शुल्क पुनरावलोकन तथा निर्धारण नहुञ्जेलसम्मका लागि बहिरङ्ग सेवा शुल्क (ओपिडी) शुल्क बढाइएको हो । सरोकारवाला निकायको परामर्शका आधारमा शुल्क तोक्न सक्ने अख्तियारीलाई मुख्य आधार बनाइ नेपाल राष्ट्र बैंकको मुद्रास्फीति तथा शुल्क परामर्श समितिको सिफारिसका आधारमा शुल्क बढाइएको उनले बताए ।

महासचिव तिवारीले चिकित्सकको नयाँ परामर्श शुल्क  रू चार सय २० देखि रू नौ सय ४० सम्म तोकिएको बताए ।  

नयाँ शुल्कअनुसार पाँच वर्षभन्दा कम अनुभव भएका एमबीबीए तथा बीडीएस तहका चिकित्सकको शुल्क रू चार सय २० र पाँच वर्षभन्दा बढी अनुभव भएकाको रू पाँच सय १५ परामर्श शुल्क तोकिएको छ । 

यस्तै अब पाँच वर्षसम्म अनुभव भएका डिप्लोमा तहका चिकित्सकको रू पाँच सय ९० र त्योभन्दा बढी छ भने रू छ सय ७० तथा पाँच वर्षसम्मको अनुभव भएका  एमडी, एमएस, एमडीएस तहका चिकित्सकले रू सात सय ५० र पाँच वर्षभन्दा बढी अनुभव भएकाले रू आठ सय परामर्श शुल्क लिन पाउने गरी तोकिएको छ । 

डीएम-एमसीएच चिकित्सकको हकमा पाँच वर्षभन्दा कम अनुभव भए रु आठ सय ८०, पाँच वर्षदेखि १० वर्षसम्मको अनुभव भए रू नौ ४० र १० वर्षभन्दा माथि अनुभव भएका चिकित्सकका लागि रू नौ सय ४० परामर्श शुल्क तोकिएको छ । 

साथै एमडी-एमएस-एमडीएसका हकमा भने पाँच वर्षभन्दा कम अनुभव भएकाले रु ७५०, पाँचदेखि १० वर्षसम्म अनुभव भएकाको हकमा रु आठ सय र १० वर्षभन्दा बढी अनुभव भएकाको हकमा रु नौ सय ४० शुल्क तोकिएको छ । 

‘सिकलसेल एनिमिया’का बारेमा राष्ट्र संघले सोच्नुपर्छ : अध्यक्ष मगर

इकागज | बैशाख १६, २०८०

काठमाडौँ - आदिवासी जनजाति आयोगका अध्यक्ष रामबहादुर थापा मगरले नेपालका आदिवासी थारु समुदायमा देखिएको...

१८-२० वर्षकै युवामा उच्च रक्तचाप र मधुमेहको समस्या बढ्न थालेको छ

इकागज | चैत १३, २०७९

नेपालका प्रसिद्ध मुटुरोग विशेषज्ञको रूपमा परिचित छन् डा अवनिभूषण उपाध्याय । व्यावसायिक जीवनका क्रममा विभ...

समयमै पहिचान गर्न सके बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव

इकागज | फागुन ३, २०७९

काठमाडौँ - समयमै पहिचान गर्न सकेमा बालबालिकामा हुने क्यान्सरको उपचार सम्भव भएको चिकित्सकहरूले बताएका छ...

नागरिकलाई स्वास्थ्य बीमामा समेट्ने योजनाका साथ सरकार अघि बढेको छ : मन्त्री गिरी

इकागज | माघ २३, २०७९

झापा - स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री पदम गिरीले सबै नागरिकमा गुणस्तरीय स्वास्थ्य सेवाको पहुँच अभिवृद्धि गर्न ...

विभागलाई मन्त्रीको निर्देशनः गुणस्तरहीन औषधि धेरै बिक्री भएको गुनासो छ, निगरानी बढाउनूस्

इकागज | माघ १७, २०७९

काठमाडौँ - स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरीले बजारमा छ्यापछ्याप्ती गुणस्तरहीन औषधिहरु बिक्री भइरह...