अर्थमन्त्री महतको प्रष्टीकरण : करका दर लक्षित घरानाको स्वार्थपूर्तिमा केन्द्रित छैनन्
काठमाडौं– अर्थमन्त्री प्रकाशशरण महतले करका दर कुनै घरानाको स्वार्थपूर्तिमा केन्द्रित नभएको स्पष्टीकरण दिएका छन् । सोमबार संसदमा बजेटमाथि उठेका प्रश्नको जवाफ दिँदै महतले बजेटले कुनै निश्चित घरानालाई नपोषेको बताए ।
बजेट समग्रमा राजस्व वृद्धि र अर्थतन्त्र चलायमान बनाउनमा केन्द्रित रहेको बताउँदै उनले भने, भ्याटलाई हरेक वर्ष हटाउँदै गयौँ । यसले राजस्वको दायरा खुम्चिएको थियो, वैज्ञानिक कर प्रणालीलाई प्रभाव भयो, पुनः प्रवेश गराउने प्रयास गरेका छौँ ।’
उनले आलु र तरकारीमा आन्तरिक उत्पादनलाई प्राथमिकता दिन खोज्दा आलोचना भएको बताए ।
महतले संसदमा बजेटको छलफलका क्रममा उठेका प्रश्नको जवाफ दिइरहेका छन् । बजेटमाथिको छलफल हिजो आइतबार सकिएको छ ।