संसद्

प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगित

इकागज | जेठ २६, २०८०

काठमाडौँ– प्रतिनिधि सभाकाे शुक्रबारकाे बैठक १५ मिनेटका लागि स्थगित भएको छ ।

मन्त्री बैठकमा उपस्थित नभएपछि राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद सुमना श्रेष्ठले नियमापत्ति गरेकी थिइन् । त्यसलगत्तै सो पार्टीका सांसदहरूले उठेर अवरोध सृजना गरेपछि बैठक १५ मिनेटका लागि स्थगित गरिएको छ ।

सांसद श्रेष्ठले बैठकमा मन्त्री अनिवार्य उपस्थित हुनुपर्ने नियम उल्लंघन भएकाले नियमापत्ति गर्नु परेको बताएकी थिइन् ।

उनले भनिन्, ‘सम्माननीय सभामुख महोदय, हाम्रो प्रतिनिधिसभाको नियमावलीमा नियम ६, उपनियम ५ मा बैठकमा मन्त्रीको उपस्थिति अनिवार्य हुनुपर्ने व्यवस्था छ । र, कुनै मन्त्रालयसँग सम्बन्धित विषयमा छलफल हुँदा सम्बन्धित मन्त्रीसमेत अनिवार्य उपस्थित हुनुपर्छ भन्ने छ । मलाई थाहा छ । हाम्रो फाइनान्स मिनिष्टर अर्को हाउसमा हुनुहुन्छ भनेर । तर, यहाँ यत्रा प्रिपियर गरेर प्रश्नहरू सोध्दाखेरी उहाँ नभइदिँदाखेरी अर्को एउटा नियम छ १४२ । जहाँ उहाँले छलफलमा आएको प्रश्नको जवाफ दिनुपर्छ । त्यो नियमको चाँही उल्लंघन भयो सभामुख महोदय । त्यसकारण नियमापत्ति गरेको हुँ ।’

बैठकमा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद एवं अर्थविद् डा. स्वर्णिम वाग्लेले बोल्ने कार्यसूची थियो ।

पशुपतिमा सुनको जलहरी निर्माणमा भएको भ्रष्टाचारको विषय संसद्‌मा छलफल हुनुपर्छ : रामहरि खतिवडा

इकागज | जेठ २६, २०८०

काठमाडौँ–कांग्रेस सांसद रामहरि खतिवडाले पशुपतिको सुनको जलहरी निर्माण प्रक्रियामा १० किलो स...

भारतको संसद्‌बाट विवादित नक्सा नहटेसम्म हामी पनि संसद्‌मा टिस्टा र कांगडासहितको नक्सा राखौँ : रघुजी पन्त

इकागज | जेठ २६, २०८०

काठमाडौँ–एमाले सांसद रघुजी पन्तले भारतले आफ्नो संसद्‌मा राखेको विवादित नक्सा नहटेसम्म ...

कोशी प्रदेशको नामाकरणमा चित्त नबुझे दुई तिहाई बहुमतबाट परिवर्तन गर्नुहोस् : योगेश भट्टराई

इकागज | जेठ २६, २०८०

काठमाडौँ– नेकपा एमालेका सांसद् योगेश भट्टराईले कोशी प्रदेशको नामकरणमा चित्त नबुझेको भए दुई तिहा...