संसद्

अर्थमन्त्रीलाई रवि लामिछानेको प्रश्न– विकास बजेट डडेल्धुरा, नुवाकोट र गोरखामा कति पार्नुभएको छ ?

इकागज | जेठ २५, २०८०

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा सांसद रवि लामिछानेले अर्थमन्त्री प्रकाशशरण महतलाई यस पटकको विकास बजेट डडेल्धुरा, नुवाकोटमा र गोरखामा कति पार्नुभएको छ भनेर प्रश्न गरेका छन् । बिहीबार प्रतिनिधिसभामा चलिरहेको बजेटमाथिको छलफलमा बोल्दै उनले यस्तो प्रश्न गरेका हुन् । 

‘एउटा आशंका उब्जिएको छ । अर्थमन्त्री ज्यू स्पष्ट पारिदिनुहोला,’ उनले भने, ‘यस पटकको विकास बजेट डडेल्धुरा, नुवाकोटमा र गोरखामा कति पार्नुभएको छ ? एउटा गम्भीर प्रश्न खडा भएको छ । सुनिएअनुसार र केही डाटाहरू सार्वजनिक भए अगाडि र तथ्य जाँच गर्नु अगाडिको आशंकाको प्रश्न हो मेरो ।’ 
उनले यसको उत्तर अर्थमन्त्रीकै मुखबाट सुन्न चाहेको पनि जिकिर गरे । 

‘लगभग ४० देखि ५० प्रतिशत बढी बजेट डडेल्धुरा, नुवाकोट र गोरखाका लागि छुट्याइएको जानकारी आएको छ,’ उनले भने, ‘हामी अरूबाट सुन्न चाहँदैनौँ । सञ्चारमाध्यमका हेडलाईनको हामी तथ्य जाँच गर्दैगरौँला तर म मान्य अर्थमन्त्रीज्यूबाट यसको जवाफ चाहान्छु । बताइदिनुहोला ।’ 

लामिछानेले बजेटमा मधेशलाई गरिएको विभेदका बारेमा पनि बताइदिन आग्रह गरे ।  
 

२४ घन्टाभित्र जनतालाई सेवा दिन नसक्ने राज्यका निकायलाई कारबाही गर्नुपर्ने

इकागज | जेठ २४, २०८०

काठमाडौँ - प्रतिनिधिसभाको आजको बैठकमा सांसद ऋषिकेश पोखरेलले कम्तीमा २४ घन्टाभित्र जनतालाई सेवा दिन नस...

बजेटलाई आर्थिक र समयको अनुशासनमा बाँध्ने कोसिस भएको छः सांसद बडू

इकागज | जेठ २४, २०८०

काठमाडौँ - नेपाली काँग्रेसका सांसद दिलेन्द्रप्रसाद बडूले सरकारले प्रस्तुत गरेको आर्थिक वर्ष २०८०/८१ को बज...

सांसद  श्रेष्ठले अर्थमन्त्रीलाई भनिन्–तपाईंले त अर्को वर्ष सासमा पनि कर लगाउनुहुन्छ

इकागज | जेठ २४, २०८०

काठमाडौँ–राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद सुमना श्रेष्ठले सरकारले दैनिक उपभोग्य वस्तुमा कर लगाएको भ...

गोकुल बास्कोटाले अर्थमन्त्रीको पक्षमा बोल्दै भने– उहाँलाई बलीको बोको बनाउन खोजिएको थियो, उम्कनुभयो

इकागज | जेठ २४, २०८०

काठमाडौं– प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसद गोकुल बास्कोटाले करका दर हेरफेर विवादमा अर्थम...