नेसपाले पार्टीको महाधिवेशन आगामी माघमा गर्ने

इकागज | चैत ५, २०८०

काठमाडौँ- नेपाल समाजवादी पार्टी (नेसपा) ले आगामी माघमा पार्टीको महाधिवेशन गर्ने तयारी गरेको छ ।

सोमबार काठमाडौँमा सुरु नेसपाको केन्द्रीय समितिको बैठकमा पार्टी अध्यक्ष डा बाबुराम भट्टराईले २०८१ साल माघमा पार्टीको महाधिवेशन गर्ने प्रस्ताव गरेका हुन् ।

महाधिवेशनका लागि आयोजक कमिटी बनाउने र हालका सबै कमिटीलाई आयोजक समितिमा रुपान्तरण गरिने उनले बताए । महाधिवेशन अघि पार्टी संगठन विस्तार निर्माण अभियानलाई निरन्तरता भट्टराईले बताए । उनले चैत्रदेखि भाद्रसम्मको समय पार्टी निर्माण र विस्तार अभियान चलाउने जानकारी दिए ।

बैठकमा अध्यक्ष महिन्द्र राय यादव पक्षधर नेताहरूलाई जिम्मेवारी मुक्त गर्ने लगायत एजेन्डाका बारेमा समेत छलफल भइरहेको नेसपाले जनाएको छ ।

गगन थापाकाे प्रश्न- गृहमन्त्री लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन गर्न सक्छ ?

इकागज | चैत ५, २०८०

काठमाडौं - नेपाली कांग्रेसले गृहमन्त्री रवि लामिछाने मुछिएको सहकारी ठगी प्रकरणमा प्रहरीले छानबिन ...

वर्तमान सरकारलाई विश्वासको मत दिन्छौं, संसदीय दलको निर्णय फिर्ता हुँदैन : नागरिक उन्मुक्ति पार्टी

इकागज | चैत ४, २०८०

सुदूरपश्चिम- नागरिक उन्मुक्ति पार्टी, सुदूरपश्चिम प्रदेशसभा संसदीय दलले प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह...

देशमा आएको संकट समाधानका लागि कांग्रेस-एमाले एक हुनुपर्छ : बद्री पाण्डे

इकागज | चैत ४, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका सांसद बद्री पाण्डेले देशमा आएको संकट समाधानका लागि कांग्रेस-एमाले एक हुनु...

कांग्रेसले सरकार ढाल्ने योजनामा गृहमन्त्रीमाथि प्रहार गरिरहेको छ : महेश बर्ताैला

इकागज | चैत ४, २०८०

काठमाडौँ- नेकपा एमालेका प्रमुख सचेतक महेशकुमार बर्तौलाले सरकार ढाल्ने योजनामा उपप्रधान तथा गृहमन्त्री र...