मन्त्रीहरूलाई सघाउन विज्ञ समूह बनाउने रास्वपाको निर्णय

इकागज | चैत ४, २०८०

काठमाडौं -  राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आफ्नो पार्टीबाट मन्त्री बनेकाहरूलाई सघाउन सम्बन्धित विषयमा विज्ञता हासिल गरेका र अनुभव भएकाहरूको समूह बनाउने निर्णय गरेको छ । 

मन्त्रीहरू र पार्टीबीच समन्वय गर्न गठित डा. स्वर्णिम वाग्ले  नेतृत्वको समन्वय समितिको आइतबार बसेकोे बैठकले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई सघाउन विज्ञ समूह बनाउने निर्णय गरेको हो । 

महामन्त्री ढकाल र शिशिर खनाल सदस्य रहेको सो समितिले सरुवा, बढुवा तथा नियुक्तिको अनुचित सिफारिस गर्नेलाई पार्टीको साधारण सदस्य समेत नरहने गरी निष्काशन गर्ने पनि निर्णय गरेको छ ।

माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको वर्तमान सरकारमा रास्वपाका सभापति रवि लामिछाने उपप्रधानमन्त्री तथा गृहमन्त्री, उपसभापति डोलप्रसाद अर्याल श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री, सुमना श्रेष्ठ शिक्षा विज्ञान तथा प्रविधि मन्त्री र विराजभक्त श्रेष्ठ युवा तथा खेलकुद मन्त्रीको रुपमा सहभागी भएका छन् ।
 

बाबुरामले बोलाए आकस्मिक कार्यकारिणी समितिको बैठक, यादव र श्रेष्ठलाई कारबाही गर्न सक्ने

इकागज | चैत ४, २०८०

काठमाडौं -  बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीको आकस्मिक केन्द्रीय कार्यकारिणीका बैठक ...

पदका लागि नभई मुलुकको समृद्धिका लागि सत्ता समीकरण परिवर्तन भएको हो : माधव नेपाल

इकागज | चैत ३, २०८०

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले जनताका निराशालाई चिर्दै सरकार अघि बढ्न...

विवेकशील साझा पार्टीका अध्यक्षसहित नौ जना प्रहरी नियन्त्रणमा

इकागज | चैत २, २०८०

काठमाडौँ- विवेकशील साझा पार्टीका अध्यक्ष समीक्षा बाँस्कोटा, महासचिव रञ्जु दर्शनासहित नौ जना पक्राउ परेका ...

मेरो नाम जोडेर अनावश्यक रूपमा समाचार लेखियो मानहानिको मुद्दा हाल्छु : ​पूर्व महानिरीक्षक खनाल

इकागज | चैत २, २०८०

काठमाडौँ- नेकपा एमालेका नेता तथा पूर्व महानिरीक्षक सर्वेन्द्र खनालले कान्तिपुर दैनिकले आफूलाई सुन तस्करी...