अदालतले पक्राउ पुर्जी जारी गरेपछि रविले भनेः सरकार मर्‍यो, हामीलाई जुठो पर्‍यो

इकागज | कात्तिक २, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सरकार मरेर हामीलाई जुठो परेको बताएका छन् । जिल्ला अदालत कास्कीले प्रहरीलाई पक्राउ पुर्जीको अनुमति दिएपछि उनले सरकार मरेर हामीलाई जुठो परेको बताएका हुन् ।

उनले प्रश्न गरेका छन्,’ तपाईंको हातमा तस्करले दिएको करोड पर्ने घडी ,मेरो हातमा चाहि हतकडी? तपाई विचौलियाको सेवा गरे बापत लाखौंको चस्मा र जुत्ता लगाउने, मुद्दा मैले खेपि दिनुपर्ने?’

उनले प्रधानमन्त्री केपी शर्मा ‌ओलीलाई लक्षित गर्दै तपाई प्रमाणित भ्रष्टाचारी बाट करोडौंको जग्गा खुल्लम खुल्ला लिने,मैले ठगीको आरोप खेपी दिनुपर्ने बताएका छन् ।

‘तिमीहरु राज्यका भए भरको शक्ति लगाएर अनुसंधान गर्दापनि केही भेट्दैनौ अनि तिम्रो एउटा नेताको राजनीति जोगाउन र तिम्रो दुई तिहाइको सरकार जोगाइदिन म बली चढ्नु पर्ने?,’ उनले अगाडि थपे,’  तिमी र तिम्रा नेता मिलेर सहकारी बाट ८७ अर्ब अपचलन गर्ने, मैले सहकारी ठग भैदिनु पर्ने? ‘

 

 

रवि लामिछाने पक्राउ पर्ने हल्ला चलेपछि रास्वपा कार्यालयमा चहलपहल बढ्यो

इकागज | कात्तिक २, २०८१

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सभापति रवि लामिछानेलाई सहकारी ठगी प्रकरणमा पक्राउ गर्ने अड्कल...

प्रतिपक्षी दलहरूको बैठकमा प्रचण्डले भने- तीन वटा पार्टी फुटाउन सरकारले अध्यादेश ल्याउँदै छ

इकागज | कात्तिक २, २०८१

काठमाडौँ- प्रतिपक्षी दलहरूको बैठकमा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सरक...

विपक्षी दलको बैठकमा प्रचण्डको ब्रिफिङ : रवि लामिछाने पक्राउ पर्ने सूचना पाएको छु

इकागज | कात्तिक २, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले सहकारीको रकम हिनामिना गरेको...

रास्वपा अनुशासन आयोगका उपप्रमुख न्यौपानेले दिए राजीनामा

इकागज | कात्तिक १, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीको अनुशासन आयोगका उपप्रमुख यज्ञमणि न्यौपानेले पदबाट राजीनामा दिएका छन् ...

गणतन्त्र संस्थागत गर्ने अभियानमा सघाउन सभापति देउवाको आग्रह

इकागज | असोज ३०, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले रचनात्मक सुझाव दिएर सङ्घीय ...

पार्टीका शुभचिन्तकले दान गरेको जग्गा स्वीकार गरेका हौँः एमाले

इकागज | असोज ३०, २०८१

काठमाडौँ - पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयलाई लिएर अतिशयोक्तिपूर्ण टीकाटि...

एमाले भन्छ- मीन बहादुर गुरुङ पार्टीका कार्यकर्ता हुन्, टिकाटिप्पणीहरू खेदजनक

इकागज | असोज ३०, २०८१

काठमाडौँ- नेकपा एमालेले पार्टी केन्द्रीय कार्यालय भवन निर्माणका लागि प्राप्त जग्गाका विषयमा भएको आलो...