गठबन्धनको आमसभाका लागि जमेको पानी तानेर गिट्टी ओछ्याइँदै

भरतपुर– सत्तारुढ गठबन्धनले भरतपुरमा आमसभाका लागि तयार पारेको हाकिमचोकस्थित बसपार्क क्षेत्रमा हिजो राती परेको पानी भरिएपछि त्यहाँ जमेको पानी तानेर गिट्टी ओछ्याउने काम भइरहेको छ ।
भरतपुरमा आज सत्ता गठबन्धनका तर्फबाट चुनावी सभालाई सम्बोधन गर्न प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल, नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल भरतपुर पुगेका छन् ।
आमसभा गर्ने स्थानमा पानी तान्ने र गिट्टी ओछ्याउने कार्य धमाधम भैरहेकाले बिहान ११ बजे भनिएको आमसभा केही ढिला हुने बताइएको छ ।
गठबन्धनले देशैभर चुनावीसभाहरू गरिरहेको छ ।