एमालेले राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने

इकागज | असोज १५, २०८१

काठमाडौँ - नेकपा (एमाले)ले सरकारको प्राकृतिक विपद् तथा राहत कोषमा ५० लाख रुपैयाँ जम्मा गर्ने निर्णय गरेको छ । 

मंगलबार काठमाडौंमा बसेको एमाले सचिवालय बैठकले मन्त्रिपरिषद्को सोमबारको बैठकले प्रारम्भिक रुपमा एक अर्ब उक्त कोषमा गर्ने निर्णय गरेसँगै पार्टीका तर्फबाट पनि ५० लाख रुपैया जम्मा गर्ने निर्णय गरेको महासचिव शंकर पोखरेलले जानकारी दिए । 

प्राकृतिक विपत्तिको स्थितिमा सबैका तर्फबाट उद्धार, राहत र स्वयंसेवाका काममा लाग्न पनि बैठकले निर्देशन दिएको उनले बताए । 

त्यस्तै बैठकले घाइतेहरूको सहज उपचारका साथै राहतलाई प्रभावकारी बनाउन र अवरुद्ध सडक सुचारु गर्न पनि सरकारको ध्यानाकर्षण गराएको उनले जानकारी दिए । 

बैठकले प्रधानमन्त्रीको अमेरिका भ्रमण उपलब्धि मुलक रहेको र औपचारिक र अनौपचारिक भेटले नेपालको अन्तर्राष्ट्रिय छविलाई उजागर गर्ने काम भएको निष्कर्ष निकालेको महासचिव पोखरेलले बताए । 

बैठकमा प्रधानमन्त्री केपी ओलीले संयुक्त राष्ट्रसंघको ७९ औ महासभामा आफूले गरेको सम्बोधन र त्यसक्रममा भएका दुई पक्षीय भेटवार्ता र कार्यक्रमबारे बैठकलाई अवगत गराएका थिए । 

लिङ्देनले भनेः विपत्तिको क्षति न्यून गर्न सरकार चुकेको र फेल भएकै हो

इकागज | असोज १५, २०८१

काठमाडौँ- राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष तथा सांसद राजेन्द्र लिङ्देनले प्राकृतिक विपत्तिको बेला प्रधानम...

माओवादी केन्द्रले बाढीपहिरोको क्षतिबारे तथ्यांक संकलन गर्न हेल्प डेस्क राख्ने

इकागज | असोज १३, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रले बाढीपहिरोको क्षतिसम्बन्धी स्थानीय तह र प्रदेशबाट तथ्यांक संकलन गर्...

कांग्रेसको ‘एक सयदिने विशेष अभियान’ कोजाग्रत पूर्णिमासम्म स्थगित, ५० लाख सरकारको कोषमा हस्तान्तरण

इकागज | असोज १३, २०८१

काठमाडौँ - राष्ट्रिय विपत्तिको समयमा पार्टीको ‘एक सयदिने विशेष अभियान’को पूर्व निर्धारित का...