महेश बस्नेतको दाबी - नयाँ सरकार बनेसँगै जनतामा आशा पलाएको छ

इकागज | साउन २०, २०८१

भक्तपुर - नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् ।

भक्तपुरमा आइतबार आयोजित कार्यक्रममा उनले विकास संरक्षण तथा प्रवद्र्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही रहेको भन्दै उनले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास रहेको बताए । 

एमाले भक्तपुर इञ्चार्जसमेत रहेका नेता बस्नेतले धराशायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने बताउँदै नेपाल विद्युत् प्राधिकरणले विद्युत्को लाइन काटिदिएका कारण उद्योगी पलायन हुनुपर्ने अवस्था बनेको आरोप लगाए । उनले उद्योगी पलायन हुने अवस्थालाई रोक्न प्रधानमन्त्रीले प्राधिकरणको निर्णयलाई उल्ट्याउँदै उद्योगीलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाएको बनाए । 

माओवादी सरकारमा छँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन् : वर्षमान पुन

इकागज | साउन १९, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्व सुशासन कायम...

उपेन्द्र यादवको आरोप : समावेशितालाई अन्त्य गर्नका लागि कांग्रेस-एमाले मिलेर सरकार बनाए

इकागज | साउन १९, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-एमाले मिलेर समानुपातिक प्रतिनिध...

मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाउँ आउनुपर्‍यो :​ योगेश भट्टराई

इकागज | साउन १९, २०८१

काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ...

मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौँ : कमल थापा

इकागज | साउन १८, २०८१

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, विकृतिको अन्त्यको निमित्त ...

एमाले केन्द्रीय सदस्यमा कुशवाहा पुनः मनोनीत हुँदा रौतहट इन्चार्जमा गुप्ता

इकागज | साउन १८, २०८१

रौतहट- नेकपा एमालेको केन्द्रीय सदस्यमा कुन्दन कुशवाहा पुनः मनोनीत हुँदा रौतहट जिल्लाको इन्चार्जमा पार्टी ...