भागबण्डाका आधारमा एमाले मधेश प्रदेशको पदाधिकारी सर्वसम्मत

सुभाष कर्ण | असोज २६, २०८०

जनकपुरधाम- नेकपा एमाले मधेश प्रदेशका पदाधिकारीहरू सर्वसम्मत चयन भएका छन् । अध्यक्षमा चण्डेश्वर मण्डलसहित पाँच पदाधिकारी सर्वसम्मत चयन भएका हुन् । मण्डल सिराहाका जिल्ला अध्यक्ष हुन् । त्यस्तै उपाध्यक्षमा संविधान सभा सदस्य एवं पर्साका विचारी यादव, सचिवमा बाराका मनोज पौडेल, उपसचिवद्वयमा रौतहटकी आरती भण्डारी र धनुषाको मोहम्मद कैस चयन भएका छन् ।

अध्यक्षसहित पाँच जना पदाधिकारीको नाममा सहमति जुटेको एमाले धनुषा अध्यक्ष एवं अध्यक्ष पदका दाबेदार राजकिशोर यादवले जानकारी दिएका छन् । अध्यक्षका दाबेदार रहे पनि उम्मेदवारी किन नदिएको भन्ने जिज्ञासामा सबै पक्षबाट सर्वसम्मत भइसकेपछि आफूले पनि समर्थन गर्दै उम्मेदवारी नदिएको उनले बताए ।

चन्देश्वर मण्डल पार्टी केन्द्रीय सचिव एवं मधेश इन्चार्ज योगेश भट्टराई नजिकका पोलिटब्यूरो सदस्य लीलानाथ श्रेष्ठ समूहबाट उम्मेदवार थिए । सचिव भट्टराईकै दबाबमा मण्डल सर्वसम्मत हुन सकेको स्राेतको दाबी छ । राजकिशोर यादव अर्का सचिव रघुवीर महासेठ समूहबाट उम्मेदवार थिए ।

महासेठ समूहबाट अर्का अध्यक्ष दाबेदार विचारी यादवले सहमतिमा उपाध्यक्ष पदका पाएका छन् । सचिवका उम्मेदवार मनोज पौडेल पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, उपसचिव भण्डारी निवर्तमान मधेश सहइन्चार्ज रेवती पन्त र मोहम्मद कैस पोलिब्युरो सदस्य जुलीकुमारी महतो निकट रहेको स्रोतको भनाइ छ ।

सर्वसम्मत भए पनि निर्वाचन प्रक्रियाका मनोनयन दर्ता समेत भएको छ । सदस्य पद बाहेक पदाधिकारी पदमा एक जनाले मात्र उम्मेदवारी दिने गरी सहमति अनुसार मनोनयन दर्ता भएको स्राेतले जनाएको छ । निर्वाचन प्रक्रिया सम्पन्नपछि सर्वसम्मत पदाधिकारीहरूको पनि घोषणा गरिने जनाइएको छ । 

जनकपुरधाममा बुधबारदेखि जारी एमालेको प्रथम अधिवेशनमा बिहीबार बिहानदेखि बन्दसत्रमा सर्वसम्मत रूपमा नेतृत्व चयन गर्ने कसरत भइरहेको थियो । बिहीबार राति नै निर्वाचन प्रक्रिया र सर्वसम्मति हुने कार्यतालिका रहेकोमा वर्तमान सचिव पौडेलको निधनले शुक्रबार बिहान ८ बजेसम्मका लागि अधिवेशनका सम्पूर्ण प्रक्रिया स्थगित गरिएको थियो ।

शुक्रबार बिहानदेखिको कसरतपछि महासेठ र श्रेष्ठ समूहबाट बाँडफाँटका आधारमा पदाधिकारीहरू सर्वसम्मत भएका हुन् । यो सहमतिमा अध्यक्ष केपी शर्मा ओलीले पनि सहमत जनाएको स्राेतको भनाइ छ । यसमा एमालेभित्र स्थानीय स्तरमा देखिएका समूहहरूलाई व्यवस्थापन गरिएको छ । यता मनोनयन दर्ताको अन्तिम नामावली प्रकाशित भइसकेको र मतदान प्रक्रिया पनि चाँडै थालिने निर्वाचन अधिकृत टिकाध्वज खड्काले जनाएका छन् ।

सरकारले प्रभावकारी ढंगले काम गर्न सकेको छैन : कांग्रेस नेता सिटौला

इकागज | असोज २६, २०८०

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाले सरकारले प्रभावकारी ढंगले काम ...

अर्थतन्त्रलाई चलायमान बनाउन सरकारबाट कुनै निर्णय हुन सकेन : कांग्रेस सहमहामन्त्री पाण्डे

इकागज | असोज २६, २०८०

बुटवल- नेपाली कांग्रेसका सहमहामन्त्री बद्री पाण्डेले सरकारले जनतामा आशा पलाउने खालाका काम थाल्नै नसकेको...

एमालेभित्र सुदृढ अनुशासन चाहिएको छ, अराजकता अस्वीकार्य : ओली

इकागज | असोज २६, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रको अराजकतालाई स्वीकार गर्न नसकिने बताएका छन् ...

शेखर कोइरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे निर्णय हुन्छ : कांग्रेस

इकागज | असोज २६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले पार्टीका नेता डा. शेखर कोइरालासँग छलफल गरेर मात्रै कोशी प्रदेश सरकारबारे ...

कांग्रेस कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन, शेखर कोइराला अनुपस्थित

इकागज | असोज २६, २०८०

काठमाडौँ- शेखर कोइराला अनुपस्थित भएपछि नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समिति बैठक निष्कर्षविहीन ...

आरजु राणाले भनिन् : कांग्रेसलाई एकताबद्ध गर्न नसके इतिहासले सराप्छ

इकागज | असोज २६, २०८०

काठमाडौँ- नेपाली कांग्रेसकी नेतृ आरजु राणा नेपाली कांग्रेस पार्टीलाई एकताबद्ध गरेर लान नसके इतिहासले ...

४७ सांसदसहित केदार कार्की प्रदेश प्रमुख कार्यालयमा [तस्बिरहरू]

इकागज | असोज २६, २०८०

विराटनगर- कांग्रेसबाट विद्रोह गरेर नेकपा एमालेका ३९ सांसद र कांग्रेसका ८ जना सांसदसहित मुख्यमन्त्रीका द...

निर्वाचन प्रणालीमा पुनर्विचार गर्नुपर्छ : वरिष्ठ उपाध्यक्ष पोखरेल

इकागज | असोज २६, २०८०

काठमाडौँ- नेकपा (एमाले) का वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले राजनीतिक अस्थिरता अन्त्यका लागि विद्यमान निर्वा...