ओली नेतृत्वको सरकार लामो समय टिक्दैन - प्रचण्ड

इकागज | असोज १०, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले केपी शर्मा ओली नेतृत्वको वर्तमान सरकार लामो समय नटिक्ने दावी गरेका छन् ।

बिहीबार काठमाडौंको कीर्तिपुरमा पार्टी निकट विद्यार्थी संगठन अखिल क्रान्तिकारीको २३औं राष्ट्रिय सम्मेलन उद्घाटन गर्दै कांग्रेस–एमालेबीच आन्तरिक विवाद सुरु भइसकेको भन्दै वर्तमान सरकार लामो समय नटिक्ने दावी गरेका हुन् । केही समयभित्रै कांग्रेस–एमालेको गठबन्धन भत्किएपछि के गर्ने भन्ने सोच्नुपर्ने अवस्था आएको उनले बताए । प्रचण्डले भ्रष्टाचारीलाई बचाउन संख्याको बलमा आफूलाई प्रधानमन्त्रीबाट हटाएको उल्लेख गरे । 

सरकारबाट निक्लिँदै गर्दा कार्यकर्ताहरू सडकको बाघ र आफू प्रतिनिधिसभाको सिंह भएर निक्लेको उनले बताए । त्यस्तै प्रचण्डले जनयुद्धदेखि शान्ति प्रक्रियामा आएपछि पनि कहीँ न कहीँ घेरा हाल्ने र माओवादी आन्दोलनलाई सिद्धाउने षडयन्त्र हुँदै आएको भन्दै षडयन्त्रको घेरा तोड्दै अघि बढ्ने जिकिर गरे । ठूला दलहरू मिलेर अहिलेसम्मको उपलब्धिलाई नै उल्टाउने प्रयास भइरहेकाले सडकबाट प्रतिक्रियावादीलाई झकाउने उनको भनाइ छ ।

उनले समाजवादी मोर्चा र कम्युनिष्ट आन्दोलनलाई बलियो बनाउने र प्रतिक्रियावादी शक्तिहरूलाई परास्त गर्ने अभियानमा रहेको बताउनुभयो । केही समयभित्रै एकता र मोर्चाको नयाँ समाचार सुन्न पाउने उनले बताए । 

उनले माओवादीले सरकारको नेतृत्व गरेको बेलामा गरेका महत्वपूर्ण कामको चर्चा गर्दै यसलाई आम जनतामा स्थापित गर्नुपर्ने बताए । प्रचण्डले लोकतान्त्रिक पद्धति अनुसार संगठनका नेतृत्व चयन गर्न सुझाव दिँदै संगठनको नेतृत्व चयनमा पार्टीले कुनै हस्तक्षेप नगर्ने स्पष्ट पार्नुभयो । नेतृत्व निर्माणका क्रममा कुनै गुटबन्दी नगर्न उनले निर्देशन समेत दिए । 

प्रचण्ड र मिश्रको भेटमा बाबुरामको टिप्पणी- 'बिरालो म्यॉउ' गर्यो !

इकागज | असोज ९, २०८१

काठमाडौँ- पुर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा ने...

नेपालमा गर्व गर्न लायक अनेकन धार्मिक र सांस्कृतिक रीतिरिवाज छन्ः सभापति देउवा

इकागज | असोज ९, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले विविधताले भरिएको हाम्रो समा...

गोर्खा मिडियामा भएको रकम अपचलनबारे नैतिक जिम्मेवारी लिन्छु - सभापति लामिछाने

इकागज | असोज ८, २०८१

काठमाडौँ  - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले संसदीय विशेष छानबिन समितिले गरेको स...

अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने

इकागज | असोज ८, २०८१

काठमाडौँ - अखिल क्रान्तिकारीका उपाध्यक्ष पवन कार्कीले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । ...

माओवादी केन्द्रको सुदूरपश्चिम नेतृत्वमा ठूलो फेरबदल: ६ जिल्लाका इन्चार्जहरू हेरफेर

इकागज | असोज ८, २०८१

काठमाडौँ - सुदूरपश्चिम प्रदेशका ६ जिल्लामा माओवादी केन्द्रले ठूला फेरबदल गर्दै नयाँ इन्चार्जहरू तोकेको छ।...