एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव एमालेमा प्रवेश

इकागज | साउन २०, २०८१

काठमाडौँ- नेकपा एकीकृत समाजवादीका नेता नागेन्द्र राय यादव नेकपा एमालेमा प्रवेश गरेका छन् ।

समाजवादीबाट मधेश प्रदेश सरकारमा राज्यमन्त्री समेत बनिसकेका यादव आइतबार एमाले प्रवेश गरेका हुन् । उनीसहित मधेश प्रदेशबाट विभिन्न दलका नेता तथा कार्यकर्तालाई आइतबार पार्टी कार्यालय च्यासलमा एमाले अध्यक्ष केपी ओलीले पार्टी प्रवेश गराएका हुन् ।

सो क्रममा अध्यक्ष ओलीले इमान्दारिताका साथ पार्टी, देश र जनतामा केन्द्रित भइ काम गर्न आग्रह गरे । उनले गुटका पछाडि नभइ पार्टीका पक्षमा दृढ रूपमा उभिनुपर्नेमा जोड दिए। विभिन्न कठिनाइ, षडयन्त्रलाई चिरेर अहिलेको अवस्थामा आइपुगेको भन्दै ओलीले भविष्यमा थप सफलता प्राप्त गर्दै अघि बढ्ने उल्लेख गरे ।

एमाले प्रवेश गरेका यादवले कम्युनिष्टलाई समाप्त पार्ने गरी नेकपा एकीकृत समाजवादी अघि बढेकाले पुरानो एमाले पार्टीमा प्रवेश गरेको बताए ।

बाबुरामको स्वर्णिमलाई सुझाव- ‘मनरो डक्ट्रिन’ बारेको विवादित अभिव्यक्ति सच्याउनु राम्रो हुन्छ

इकागज | साउन २०, २०८१

काठमाडौं - पूर्व प्रधानमन्त्री डा. बाबुराम भट्टराईले रास्वपा उपसभापति तथा सांसद डा. स्वर्णिम वाग्लेलाई &nb...

माओवादी सरकारमा छँदा गलत काम गरेन भनेर मानिसहरूले भनिरहेका छन् : वर्षमान पुन

इकागज | साउन १९, २०८१

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का उपमहासचिव वर्षमान पुनले पार्टी नेतृत्व सुशासन कायम...

उपेन्द्र यादवको आरोप : समावेशितालाई अन्त्य गर्नका लागि कांग्रेस-एमाले मिलेर सरकार बनाए

इकागज | साउन १९, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले कांग्रेस-एमाले मिलेर समानुपातिक प्रतिनिध...

मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस-एमाले एक ठाउँ आउनुपर्‍यो :​ योगेश भट्टराई

इकागज | साउन १९, २०८१

काठमाडौँ- नेकपा एमालेका नेता योगेश भट्टराईले मुलुकलाई नयाँ दिशा दिनका लागि कांग्रेस–एमाले एक ...

मुलुकको समस्या समाधान गर्न अहिलेको व्यवस्थाले सक्दैन, विकल्प खोजौँ : कमल थापा

इकागज | साउन १८, २०८१

काठमाडौँ- राप्रपा नेपालका अध्यक्ष कमल थापाले मुलुकमा अहिले कायम बेथिति, विकृतिको अन्त्यको निमित्त ...