जसपा नेपाल प्रोग्रेसिव एलाइन्सको सदस्यमा सर्वसम्मत निर्वाचित

इकागज | असोज २१, २०८१

काठमाडौँ- जनता समाजवादी पार्टी (जसपा) नेपाल प्रोग्रेसिव एलाइन्सको सर्वसम्मत सदस्य निर्वाचित भएको छ ।

चिलीको राजधानी स्यान्टीयागोमा अक्टोबर ५ र ६ तारिखमा आयाजित प्रोग्रेसिव एलाइन्सको ग्लोबल कन्भेन्सनबाट जसपा नेपाल सदस्यमा सर्वसम्मत निर्वाचित भएको हो ।

यससँगै १९० देशका राजनीतिक पार्टीहरू सदस्य रहेको प्रोग्रेसिव एलायन्सको जसपा नेपाल सदस्य पार्टी भएको छ । प्रोग्रेसिव एलाइन्स सम्पूर्ण महादेशहरुका समाजवादी, सामाजिक लोकतान्त्रिक, श्रमिक र प्रगतिशील पार्टीहरुको अन्तर्राष्ट्रिय संगठन हो ।

प्रगतिशील र अन्तर्राष्ट्रिय ऐक्यबद्धताको युगको लागि स्वतन्त्रता, सामाजिक न्याय, मानव अधिकारको रक्षा, लैङ्गिक विभेद, सामाजिक आर्थिक तथा जातिय विभेद, असमानता र उत्पीडनको अन्त्य, पर्यावरणीय सुरक्षाजस्ता अवधारणाहरुका साथ प्रोग्रेसिव एलाइन्सको कन्भेन्सन सम्पन्न भएको छ ।

उक्त कन्भेन्सनमा जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव र विदेश विभाग प्रमुख अर्जुन थापाले पार्टीको तर्फबाट प्रतिनिधित्व गरेका थिए ।

खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न माओवादीको सरकारलाई ध्यानाकर्षण

इकागज | असोज २०, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रले जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित...

रवि लामिछानेविरुद्ध प्रदर्शन गर्ने सहकारी पीडित प्रहरी नियन्त्रणमा

इकागज | असोज १९, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं चितवन क्षेत्र नम्बर ३ का सांसद रवि लामिछानेविरुद्ध प्रदर्श...

उपनिर्वाचन र २०८४ को निर्वाचनमा माओवादीले एक्लै उम्मेदवारी दिन्छ: प्रचण्ड

इकागज | असोज १९, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आगामी उपनिर्वाचन र २०८४ को निर्वाचनमा ...

भोटेकोशी गाउँपालिकालाई मात्रै संकटग्रस्त पालिका घोषणा गरेको भन्दै पाँच सांसदको आपत्ति

इकागज | असोज १९, २०८१

काठमाडौँ - सिन्धुपाल्चोकका पाँच सांसदले सरकारले घोषणा गरेको संकटग्रस्त क्षेत्रप्रति आपत्ति जनाएका छन्...

संकटग्रस्त पालिका घोषणामा अन्याय भएको भन्दै सिन्धुपाल्चोकका सांसदको आपत्ति

इकागज | असोज १९, २०८१

काठमाडौँ- सिन्धुपाल्चोकका पाँच सांसदले सरकारले घोषणा गरेको संकटग्रस्त क्षेत्रप्रति आपत्ति जनाएका छन्  ...