नयाँ पुस्ताका चाहना र चुनौतीलाई सामना गर्न पार्टी गठन भएको हाे : रवि लामिछाने

इकागज | असोज ३०, २०८०

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले नयाँ पुस्ताका नयाँ चाहना र चुनौतीलाई सामना गर्न पार्टी गठन भएको बताएका छन् ।

मंगलबार काठमाडौँमा पार्टीले आयोजना गरेको दुई दिने नीति मन्थन कार्यक्रमको समापन समारोहमा बोल्दै लामिछानेले पुराना दलहरूबाट युवा पुस्ताहरूले गरेको आशा भरोसा कायम गर्न नसक्ने देखिएकाले नयाँ पुस्ताका नयाँ चाहना र चुनौतीलाई सामना गर्न पार्टी गठन भएको बताएका हुन् ।

उनले ढिलो दर्ता भएका आधारमा पार्टीलाई नयाँ भनेको नभई युगले खोजेको नयाँ पार्टी भएकाले नयाँ पार्टी भनेको जिकिर गरे । गत निर्वाचनमा जनताहरूले परिवर्तनको चाहना राख्दा पनि पुराना दलहरूप्रतिको विश्वासलाई निमिट्यान्न नपारेको अवस्था रास्वपालाई अवगत रहेको भन्दै उनले जनताको चेतनालाई चुनौती दिन हैसियत नभएको धारणा राखे । जनताको चेतनालाई चुनौती नदिन उनले अन्य दललाई पनि अनुरोध गरे ।

लामिछानेले सामाजिक, आर्थिक लगायतका आयामहरू एकै ठाउँ नआएसम्म समृद्ध समाज निर्माण हुन नसक्ने धारणा राखे । रास्वपा समावेशी उदार लोकतान्त्रिक पार्टी भएकाले आफ्नो नीति र सिद्धान्तमा स्पष्ट रहेको उनको भनाइ छ । 

ओलीलाई रविको जवाफः राष्ट्रको ढुकुटी रित्याउँदा पनि तपाईँकै नेतालाई भोट दिने भोटर कस्ता ?

इकागज | असोज ३०, २०८०

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानले जनताको चेतनालाई चुनौती नदिन आग्रह गरेका छन् ...

परिवर्तन उल्ट्याउन खोज्नेलाई परास्त गर्न जरुरी छ : प्रधानमन्त्री

इकागज | असोज २९, २०८०

सुदूरपश्चिम- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले विभिन्न नाममा परिवर्तनका उपलब्धिलाई उल्ट्य...

देउवालाई महामन्त्रीद्वयले भने : कोशीमा नयाँ सरकार गठनको जिम्मेवारी तपाईंले लिनुपर्छ

इकागज | असोज २९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्रीद्वय महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले कोशीमा नयाँ सरका...