एमाले बारा जिल्ला अधिवेशन: अध्यक्षमा चार जनाको दाबी

इकागज | चैत १८, २०८०

बारा - नेकपा एमाले बाराको ११औं जिल्ला अधिवेशन भोलि चैत १९ गते सोमबारदेखि सुरु हुँदै छ। १९ र २० चैत हुने अधिवेशनबाट नयाँ जिल्ला कमिटी बन्नेछ। 

एमाले बाराको अधिवेशनको उद्घाटनसत्र होटल करण राज प्यालेसमा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गर्ने तय भएको छ भने बन्दसत्र कलैयास्थित जानकी सिनेमा हलमा हुँदै छ। अधिवेशनको खुल्ला सत्रमा एमालेले १० हजारभन्दा बढीका जनसहभागिता गराउने योजना बनाएको एमाले बारा जिल्ला अध्यक्ष विनोद साहले जानकारी दिए। 

अधिवेशनका लागि जिल्लाका १६ स्थानीय तह र पेसागत संगठनहरूबाट ७ सय ३५ जना प्रतिनिधि छनोट भएर आएका छन्।

एमाले बाराको अध्यक्षमा सर्वसम्मतिले नेतृत्व चयन गर्ने नेताहरूले बताइरहँदा अध्यक्षको लागि चार जनाले आकांक्षा देखाएका छन्। अध्यक्ष पदका आकांक्षीहरुले अधिवेशनका प्रतिनिधिहरूसँग भेटघाट र मत माग्न सुरु गरिसकेका छन्। यसअघिको अधिवेशनमा सर्वसम्मतबाट जिल्ला नेतृत्व चयन गरिएको भएपनि यसपटक भने मतदानबाट नेतृत्व चयन हुने देखिएको छ।

अध्यक्षको लागि कोल्हवी नगरपालिकाका पूर्व नगरप्रमुख भरत बहादुर भण्डारी, तीन कार्यकाल जिल्ला सचिव भएका अध्यानन्द पाण्डे, एम.समिउल्लाह र नेकपा एमाले बाराको वर्तमान उपाध्यक्ष टिना सुबेदी आकांक्षा देखाएका छन्।

अध्यक्षका आकांक्षी शालीन स्वभावका भरत बहादुर भण्डारी कोल्हवी नगरपालिकाका पूर्व नगरप्रमुख हुन्। उनी नेकपा एमाले बारा जिल्ला सचिवालय कमिटी सदस्य एवं क्षेत्रीय कमिटीका संयोजक समेत हुन्। 

जिल्ला अध्यक्ष बन्ने इच्छा बनाएका अध्यानन्द पाण्डे जिल्ला कमिटी बारामा तीन पटक सचिव भईसकेका छन् भने पाण्डे जिल्ला कमिटी उपाध्यक्ष समेत थिए । उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधि समेत हुन भने उनी बलबिर चौधरी निकट भएको बताइएको छ।

जिल्ला अध्यक्षका अर्का आकांक्षी एम समिउल्लाह बारा जिल्ला कमिटी २०७३ मा निर्वाचित भएका थिए। उनी बाराबाट एमाले महाधिवेशन प्रतिनिधिमा छनौट भएका थिए। 

एमाले बाराको २०७८ सालमा भएको अधिवेशनबाट टिना सुबेदी जिल्ला कमिटी उपाध्यक्षमा सर्वसम्मत चयन भएकी हुन्। सुबेदी प्रतिनिधि सभाका सभासद् तथा नेकपा एमाले पोलिटब्युरो सदस्य अच्युत मैनालीको श्रीमती हुन्। 

यसअघि सर्वसम्मतबाटनै जिल्ला नेतृत्व चयन गरिने बताएतापनि यसपटक भने निर्वाचनबाट नेतृत्व चयन हुने देखिन्छ। नेकपा एमाले पोलिटब्युरो सदस्य पुरुषोत्तम पौडेल, अच्युत मैनाली र ज्वाला साहका कारण बारामा शक्तिको लडाई हुने देखिन्छ। नेकपा एमालेका तीन पोलिटब्युरो सदस्य रहेको बारामा आफूनिकटका व्यक्तिहरूलाई अध्यक्षमा निर्वाचित गर्न ध्याउन्न छन्।

यसअघि नेकपा एमालेको १० औँ जिल्ला अधिवेशनबाट बारा जिल्लाको अध्यक्षमा विनोद साह, उपाध्यक्षमा टीना सुवेदी, सचिवमा अध्यानन्द पाण्डेय र सह सचिवद्वयमा अमृत बजगाई र भुलन चौधरीसहित सर्वसम्मत रुपमै पदाधिकारी सहित १३५ सदस्यीय जिल्ला कमिटी चयन गरिएको थियो।

अधिकार, प्रतिनिधित्व र सम्मानका लागि सङ्गठित हुनु जरुरी : उपप्रधानमन्त्री यादव

इकागज | चैत १७, २०८०

धनुषा- उपप्रधानमन्त्री तथा स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री उपेन्द्र यादवले शोषित, पीडित वर्गको अधिकार, प्रत...

काम गर्न नसकेको दिन सरकारबाट बाहिरिन्छौं : गृहमन्त्री लामिछाने

इकागज | चैत १७, २०८०

इलाम- उपप्रधानमन्त्री तथा गृहमन्त्री एवं राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले आफूहरू...

ओलीको दाबी : वैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले एमालेलाई समर्थन गर्छ

इकागज | चैत १७, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वैशाख १५ गते हुने उपनिर्वाचनमा माओवादीले एमालेल...

हिजो आन्दोलनको नेतृत्व गरेकाहरूले नै देशलाई लुटेर खोक्रो बनाए : प्रभु साह

इकागज | चैत १७, २०८०

​काठमाडौँ- आम जनता पार्टीका अध्यक्ष प्रभु साहले हिजो आन्दोलनको नेतृत्व गरेकाहरूले नै देशलाई लुटेर खोक्रो...

टीकापुर बैठकको निर्णय नमान्ने नाउपाका दुई संस्थापक केन्द्रीय सदस्यको घोषणा

इकागज | चैत १६, २०८०

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टी (नाउपा) का दुई संस्थापक केन्द्रीय सदस्यले टीकापुर बैठकको निर्णयलाई नमान्...

एकीकृत समाजवादीको बागमती प्रदेशका पाँच जिल्ला अधिवेशन सम्पन्न

इकागज | चैत १६, २०८०

काठमाडौँ- नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) ले बागमती प्रदेशको सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, सिन्...