राप्रपा महामन्त्री राणालाई क्यान्सर, भारतमा उपचार गर्दै

इकागज | असोज ३०, २०८१

काठमाडौं - क्यान्सरको उपचार गरेर स्वास्थ्यलाभ गरिरहेका राप्रपाका महामन्त्री डा. धवलशम्शेर राणाले केही दिनमै नेपाल फर्केर पार्टीका एजेण्डामा अझ बढी सक्रिय रहँदै देश र जनताको सेवामा वफादार भएर निरन्तर लाग्ने बताएका छन् ।

‘जटील रोगको उपचारबाट स्वस्थ्य भई पार्टीका एजेण्डाप्रति अझै बढी सक्रिय भएर निरन्तर लागिरहने उर्जा थपिएको छ । देश, जनता र पार्टीका एजेण्डाप्रति वफादार रही जीवनभर सेवा गर्ने प्रतिवद्धता व्यक्त गर्दछु,’ महामन्त्री तथा आन्दोलन परिचालन समितिका संयोजक राणाले सामाजिक सञ्जालमा जारी सन्देशमा भनेका छन् । ‘तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु ।’

राप्रपा नेता राणालाई गिंजामा क्यान्सर देखिएपछि भारत, मुम्बईको टाटा मेमोरियल अस्पतालमा डा. सुल्तान प्रधानको टीमले सल्यक्रिया गरेको थियो । राणा अस्पतालबाट मंगलबार डिस्चार्ज भए भने केही दिन मुम्बई बसेर नेपाल फर्कने छन् ।
‘म स्वास्थ्यलाभ गरी केही दिनमै नेपाल फर्कने जानकारी सम्पूर्ण शुभचिन्तकहरूमा गराउन चाहन्छु,’ उनले भने ।

‘भगवानको आशिर्वाद र तपाईंहरु सबैको प्रार्थनाले म अहिले पूर्ण रूपमा स्वस्थ्य हुँदैछु । अस्पतालबाट डिस्चार्ज भएको छु । अस्वस्थ्य भई अस्पतालमा उपचाररत भएको बेलामा देश–विदेशमा रहनुभएका सम्पूर्ण शुभचिन्तकहरूबाट स्वास्थ्यलाभको शुभकामना प्राप्त भएको छ । तपाइँहरूको असीम माया, प्रेम र स्नेहको लागि हृदयदेखि सम्पूर्णमा आभारसहित धन्यवाद व्यक्त गर्द्छु । तपाईँहरूको माया, प्रेम, स्नेह र शुभेच्छा सधैँ मिलोस् भन्ने कामना गर्दछु,’ राणाले भने ।

एमालेप्रति विश्वप्रकाशको टिप्पणी- कांग्रेसले बनाएको कार्यालयप्रति सबै सदस्यको मन जोडिएको छ

इकागज | असोज २९, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले नेकपा एमालेले भाटभटेनीका संचालक मीन बह...

मीनबहादुर गुरूङबाट पार्टी कार्यालय बनाउन सहयोग लिने विषयको एमालेभित्र विरोध, आत्मघाती हुने चेतावनी

इकागज | असोज २८, २०८१

काठमाडौं - नेकपा एमालेले भाटभटेनीका संचालक मीनबहादुर गुरुङबाट पार्टी कार्यालय बनाउन जग्गा र सहय...

दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : सभापति देउवा

इकागज | असोज २६, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, प...

विजया दशमीले संकटपूर्ण परिस्थितिको सामना गर्ने शक्ति देओस् : प्रचण्ड

इकागज | असोज २६, २०८१

काठमाडौँ- पूर्वप्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले मौलिक पर्वभित्र र...

दसैँले समुदाय, परिवार र व्यक्तिबीचको एकतालाई अझ सुदृढ बनाउँदै आएको छ : सभापति देउवा

इकागज | असोज २४, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले बडादसैँले समुदाय, संस्था, प...

प्रधानमन्त्री ओली र सभापति देउवाद्वारा बुढानिलकण्ठमा नयाँ रिसोर्टको उद्घाटन

इकागज | असोज २३, २०८१

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओली र पूर्व प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबह...

हमासले बन्दी बनाएका सबैलाई निःशर्त रिहा गर्नुपर्छ : पूर्वमन्त्री साउद

इकागज | असोज २१, २०८१

काठमाडौँ - पूर्वपरराष्ट्रमन्त्री एनपी साउदले विपीन जोशीसहित आतंकवादी समूह हमासले बन्दी बनाएका सबैल...

खोज, उद्धार र राहतका कामलाई व्यवस्थित गर्न माओवादीको सरकारलाई ध्यानाकर्षण

इकागज | असोज २०, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रले जोखिमलाई न्यूनीकरण र घटनालगत्तै खोज, उद्धार र राहतका कामलाई व्यवस्थित...