माओवादीको तीन आयोगका परामर्श बैठक सकियो

इकागज | भदौ १९, २०८१

काठमाडौँ- नेकपा माओवादी केन्द्रको केन्द्रीय अनुशासन आयोग, निर्वाचन आयोग र लेखा आयोगको संयुक्त परामर्श बैठक आज सकिएको छ। 

हिजोदेखि पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा सुरु भएको बैठकमा हिजो नै आयोगका प्रमुख तथा सदस्य गरी ४० जनाले सुझाव राखेका थिए । आज विहानबाट सुरु भएको बैठकमा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’सहित केन्द्रीय पदाधिकारीहरूले सम्बोधन गरेपछि बैठक सकिएको छ । 

आसन्न केन्द्रीय समितिको बैठकको तयारी स्वरुप आयोजना गरिएको कार्यक्रमअन्तर्गत यसअघि बागमती, उपत्यका विशेष प्रदेश, सम्पर्क समन्वय प्रदेश, गण्डकी, सुदूरपश्चिम, कर्णाली र लुम्बिनी प्रदेशमा प्रदेश परामर्श बैठक सम्पन्न भइसकेको छ । अब प्रदेश नम्बर १ र मधेश प्रदेश तथा जेष्ठ कम्युनिष्ट मञ्च र सल्लाहकार समितिको बैठक बाँकी रहेको माओवादी केन्द्रले जनाएको छ ।

प्रदेश परामर्श बैठकपछि माओवादीको केन्द्रीय समिति बैठक बस्नेछ। केन्द्रीय कमिटीले ठोस निर्णय गरेर संगठन सुदृढीकरण तथा जनपरिचालनका कार्यक्रम तय गर्ने माओवादी केन्द्रको तयारी छ ।

शेरबहादुर देउवाले नै यो सरकार विचौलियाले बनाएको स्वीकार गरिसकेः वर्षमान

इकागज | भदौ १८, २०८१

बुटवल - नेकपा माओवादी केन्द्रका उपमहासचिव एवं पूर्व अर्थमन्त्री वर्षमान पुन अनन्तले वर्तमान केपी ओली नेतृत्...

सरकारले देश र जनतालाई केन्द्रमा राखेर काम गरिरहेको छ - अध्यक्ष ओली

इकागज | भदौ १८, २०८१

काठमाडौँ - प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले देश र जनतालाई केन्द्रम...

चन्द्र भण्डारीको प्रश्न - एनसेलले जनताबाट पैसा उठाएको छ, त्यो पैसा सरकारले लिनुपर्दैन ?

इकागज | भदौ १८, २०८१

काठमाडौँ - नेपाली कांग्रेसका सांसद डा चन्द्रकान्त भण्डारीले अर्थशास्त्रको नियम नबुझ्दा विकास निर्माणका...

सञ्‍चारमन्त्रीले पोखरामा दिएको अभिव्यक्तिका विषयमा प्रधानमन्त्रीले जवाफ दिनुपर्छ - देवेन्द्र पौडेल

इकागज | भदौ १८, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेलले सञ्चारमन्त्रीले पोखरामा दिएको अभिव्यक्तिका विषयम...

हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्याउने काम नगर्न मोदीको चेतावनी

इकागज | भदौ १८, २०८१

काठमाडौँ - नेकपा माओवादी केन्द्रका सांसद अमनलाल मोदीले हिंसाको विषय उठाएर शान्ति प्रक्रियालाई खलल पुर्य...