कांग्रेसले महामन्त्रीद्वयको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने

इकागज | भदौ १५, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले केन्द्रीय समितिमा महामन्त्री गगन कुमार थापाले प्रस्तुत गरेको प्रतिवेदनलाई परिमार्जनसहित अघि बढाउने भएको छ ।

पार्टी सभापति शेर बहादुर देउवा निवास बुढानिलकण्ठमा शनिबार बसेको कांग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको बैठकले थापाको प्रतिवेदनलाई परिमार्जन सहित अघि बढाउने निर्णय गरेको हो ।

बैठकपछि कांग्रेस मुख्य सचेतक श्यामकुमार घिमिरेले केन्द्रीय समितिमा प्रतिवेदनलाई परिमार्जन गरेर पारित गर्ने सहमति भएको जानकारी दिए ।

कांग्रेस केन्द्रीय समिति बैठक आइतबार बस्दैछ । बैठकअघि दिउसो पुन पदाधिकारी बैठक बसि आवश्यक छलफल गरिने उनले बताए ।

केन्द्रीय समिति बैठकबाट आगामी निर्वाचनमा एक्लै बहुमत ल्याउने गरि संगठन तयार गर्ने निर्णयसहित अघि बढ्ने घिमिरेले जानकारी दिए ।

महामन्त्री विश्वप्रकाश शर्माको प्रतिवेदन भने अहिलेका लागि यथावत राख्ने बिषयमा सहमति नजिक पुगिएको नेताहरूले जनाएका छन् । शर्माको प्रतिवेदनमा राष्ट्रपति, प्रधानमन्त्री, सांसद लगाएतको कार्यकाल तोक्ने गरि संविधान संशोधन हुनुपर्ने उल्लेख छ । केहि दिन यता जारी केन्द्रीय समितिको बैठकमा बिभिन्न प्रतिवेदन लगाएतका ११ एजेण्डाहरूमाथि छलफल भइरहेको छ । 

दशौं राष्ट्रिय खेलकुद तोकिएकै समयमा हुनुपर्छ : प्रचण्ड

इकागज | भदौ १५, २०८१

सुर्खेत- पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दशौं राष्ट्रिय खेलकुद ...

माओवादी नेतृत्वको सरकारले थालेको भ्रष्टाचारविरुद्धको कदम इतिहासमै पहिलो : प्रचण्ड

इकागज | भदौ १४, २०८१

सुर्खेत- नेकपा (माओवादी केन्द्र) अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले आफ्नो पार्टी नेतृत्वको सरका...

जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्यो - रवि लामिछाने

इकागज | भदौ १४, २०८१

काठमाडौँ - राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले जनताले प्रश्न उठाएपछि हदम्यादको प्रस्ताव हट्न स...