नेकपा एमालेविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको छ : केपी ओली

इकागज | फागुन ५, २०७९

काठमाडौँ- सत्तारूढ प्रमुख घटक नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास भइरहेको टिप्पणी गरेका छन् ।

अध्यक्ष ओलीले स्वस्थ प्रतिस्पर्धा गर्न नसक्ने राजनीतिक शक्तिहरूले अहिले पनि आफ्नो पार्टीविरुद्ध चक्रव्यूह रच्ने प्रयास गरिरहेको भन्दै त्यसलाई तोडेर अघि जानुपर्ने अवस्था रहेको पनि बताए । शुक्रबार ललितपुरको च्यासलस्थित पार्टी केन्द्रीय कार्यालयबाट ‘मिसन ग्रासरुट’ नाम दिइएको दुई महिने पार्टी सुदृढीकरण तथा विस्तार अभियानको भर्चुअली शुभारम्भ गर्दै उनले अस्वस्थ ढंगले चल्ने राजनीतिक दलहरूलाई पराजित गर्ने गरी तयारी गर्न पार्टीका नेता, कार्यकर्तालाई निर्देशन समेत दिए ।

अध्यक्ष ओलीले निकट विगतमा आफ्नो पार्टीलाई एक्ल्याउने शक्ति र प्रवृत्तिहरू अहिले पनि रहेकाले त्यस्ता शक्तिहरूको षडयन्त्रबारे जनतालाई बुझाउँदै लैजानुपर्ने जरुरी रहेको पनि उल्लेख गरे ।

अध्यक्ष ओलीले पार्टीको रक्षामा दृढतापूर्वक उभिन पार्टीका नेता, कार्यकर्तालाई सचेत गराए । पार्टी हितको पक्षमा उभिने नेता, कार्यकर्तालाई पार्टीले पनि हित गर्ने उनको भनाइ थियो । ओलीले आगामी ४ वर्ष पछि हुने निर्वाचनमा ५० प्रतिशतभन्दा बढी स्थानमा पार्टीलाई विजयी गराउने गरी पार्टीले ‘मिसन ग्रासरुट’ अभियान संचालन गरेको स्पष्ट पारे ।

ओलीले एमालेजस्तो पवित्र उद्देश्य भएको पार्टी अरु नरहेको जिकिर गरे । 

'राष्ट्रपतिमा कांग्रेसलाई सघाए प्रचण्ड पाँचै वर्ष प्रधानमन्त्री'

इकागज | फागुन ५, २०७९

काठमाडौँ - नेपाली कांग्रेसले सत्तारूढ दल नेकपा (माओवादी केन्द्र) ले राष्ट्रपति निर्वाचनमा आफ्नो उम्मेदवारल...

कांग्रेसका नेता/कार्यकर्ताले संगठन सुदृढीकरणमा ध्यान दिनुपर्छ : सहमहामन्त्री राठौर

इकागज | फागुन ४, २०७९

नेपालगञ्ज- नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिँह राठौरले नेपाली कांग्रेसका नेता/कार्यकर्ताले संगठन सु...