कांग्रेस संसदीय दलको बैठकले के-के निर्णय गर्‍यो ?

इकागज | असार २२, २०८१

काठमाडौँ- नेपाली कांग्रेस संसदीय दलको बैठकले नेकपा एमालेसँग भएको सम्झौता कार्यान्वयन गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । 

शनिबार सभापति एवं संसदीय दलका नेता शेरबहादुर देउवाको अध्यक्षतामा संघीय संसद भवन ल्होत्से हल नयाँ बानेश्वरमा बसेको बैठकले एमालेसँग भएको सहमतिको स्वागत र समर्थन गरेको हो ।

कांग्रेसका निर्णयहरू: 

१- नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टी (एमाले) बीच २०८१ साल असार १७ गते सम्पन्न राष्ट्रिय सहमतिको सरकार गठन सम्बन्धी सहमतिलाई यो बैठक स्वागत गर्दै समर्थन गर्दछ ।

२- नेपाली कांग्रेस र नेकपा (एमाले) बीच राष्ट्रिय हितको रक्षा गर्न, भ्रष्टाचार नियन्त्रण गरी देशमा सुशासन कायम गर्न, विकास निर्माणको अभियानलाई तीव्रता दिन, राजनीतिक स्थिरता कायम गर्न, संविधानको अभ्यासको समीक्षा गरी संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था र समावेशीतालाई सुदृढ गर्ने गरी संविधान संशोधन गर्न, अर्थतन्त्रलाई बलियो बनाउन र यी उद्देश्य प्राप्तिका लागि राष्ट्रिय सहमतिको सरकारको नेतृत्व पहिलो पटक नेकपा (एमाले) का अध्यक्ष माननीय के.पी. शर्मा ओली र दोस्रो पटक नेपाली कांग्रेसका सभापति माननीय शेरबहादुर देउवाले गर्ने गरी भएको सहमतिलाई कार्यान्वयन गर्न यो बैठक दृढता व्यक्त गर्दछ ।

३- नेपाली कांग्रेस र नेकपा (एमाले) बीच नेपालको संविधानको धारा ७६ (२) बमोजिम माननीय के.पी. शर्मा ओलीको नेतृत्वमा सरकार गठन गर्न सहमति भई सकेको हुँदा सम्माननीय प्रधानमन्त्री श्री पुष्पकमल दाहालले नेपालको संविधानको धारा १०० को उपधारा (२) बमोजिम मिति २०८१ असार २८ गते बस्ने प्रतिनिधि सभाको बैठकमा विश्वासको मतको प्रस्ताव कार्य सूचीमा समावेश गर्न माग गर्नु भएकोमा यो बैठक उक्त प्रस्ताव निर्णयार्थ पेश हुँदा प्रस्तावको विपक्षमा मतदान गर्ने निर्णय गर्दछ । 

४- अविरल वर्षाका कारण देशका विभिन्न स्थानमा बाढी पहिरो, डुबानले गर्दा नागरिकको जनजीवन कष्टकर भएको छ । प्राकृतिक प्रकोपबाट उत्पन्न असहज अवस्थामा नागरिकको जीवन सहज बनाउन आवश्यक कार्य गर्न यो बैठक नेपाल सरकारसँग आग्रह गर्दछ । बाढी, पहिरो र डुबानका कारण समस्यामा परेका नागरिकहरूलाई सहयोग गर्न नेपाली कांग्रेसका सबै साथीहरू, भातृ र शुभेच्छुक संस्थाका साथीहरूलाई यो बैठक आग्रह गर्दछ । 


 

'सहकारी ठगीमा संलग्‍नहरूलाई जोगाउन प्रहरी प्रशासन, महान्यायाधिवक्ता, मन्त्री, मन्त्रालय परिचालन भएको देखियो'

इकागज | असार २२, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले सहकारी ठगी गर्नेलाई जोगाउनका लागि राज्यका संयन्त्र...

नेकपा एसले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने

इकागज | असार २२, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) ले केन्द्रीय कमिटीलाई पूर्णता दिएपछि मात्रै पदाधिकारी चयन गर्ने निर्ण...

राष्ट्रिय राजनीतिमा एकीकृत समाजवादीको भूमिका महत्वपूर्ण रहन्छ : अध्यक्ष नेपाल

इकागज | असार २१, २०८१

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी) का नवनिर्वाचित अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले राष्ट्रि...

एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अप्ठेरो पार्न सक्छ : शेखर कोइराला

इकागज | असार २१, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता शेखर कोइरालाले एमाले र कांग्रेसबीचको सहमति कार्यान्वयनमा संविधानले अ...

कांग्रेस बागमती प्रदेशः हरिशरण श्रेष्‍ठ अनुशासन समितिको संयोजक पदबाट मुक्त

इकागज | असार २१, २०८१

काठमाडौँ- नेपाली कांग्रेस बागमती प्रदेशका सह-महामन्त्री हरिशरण श्रेष्ठ अनुशासन समितिको संयोजक...