अशोक राई नेतृत्वको जसपाले नयाँ गठबन्धनलाई समर्थन गर्ने

इकागज | असार २०, २०८१

काठमाडौँ- नयाँ सत्ता समीकरणका लागि नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीबीच भएको सहमतिलाई अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा)ले समर्थन गर्ने भएको छ ।  

वर्तमान सरकारमा पार्टीका तर्फबाट सहभागी मन्त्रीहरुलाई आजै राजीनामा दिन निर्देशन दिइने पार्टीका महासचिव मोहम्मद इस्तियाक राईले राससलाई जानकारी दिए । प्रतिनिधिसभाका ठूला दुई दलबीच भएको सहमतिलाई जसपाले समर्थन गर्ने उनले बताए ।  

 महासचिव राईले भने, 'परिवर्तित राजनीतिक घटनाक्रमअनुसार वर्तमान सरकार अल्पमतमा परिसकेकाले आफ्नो पार्टीको तर्फबाट सरकारमा सहभागी मन्त्रीलाई राजीनामा गर्न लगाएर नयाँ परिस्थितिअनुरुप पार्टी अगाडि बढ्ने छ । पदाधिकारी बैठक आजै साँझसम्म वा भोलि बिहान बस्नेछ ।'
     
जसपाका अध्यक्ष अशोक राई र नेता राजेन्द्र श्रेष्ठको कार्यव्यस्तताले आज साँझसम्म वा भोलि बिहान ७ बजे बैठक बसेर निर्णय गरिने जनाइएको छ । जसपाबाट वर्तमान सरकारमा दुई मन्त्री र एक राज्यमन्त्री सहभागी छन् ।

बालुवाटार पुगेर रास्वपाका मन्त्रीहरू किन राजीनामा नदिई फर्किए ?

इकागज | असार २०, २०८१

काठमाडौं - राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मन्त्रीहरूले तत्काल राजीनामा नदिने भएका छन् । राजीनामा...

एकीकृत समाजवादीको महाधिवेशन नेतृत्व चयनमा केन्द्रित, सहमतिको प्रयास हुँदै

इकागज | असार २०, २०८१

काठमाडौँ- नेकपा एकीकृत समाजवादीको जारी दशौँ महाधिवेशन अब नयाँ नेतृत्व चयनमा केन्द्रित भएको छ । राजधा...

सत्तासमीकरण परिवर्तनलाई लिएर कोही आत्तिनुपर्दैनः डा शशांक

इकागज | असार १९, २०८१

इनरुवा - नेपाली कांग्रेसका पूर्वमहामन्त्री डा शशांक कोइरालाले सत्तासमीकरण परिवर्तनलाई लिएर कोही पनि आत्त...