एकीकृत समाजवादीको बन्द सत्रमा राजेन्द्र राईको पुरक प्रस्ताव
काठमाडौँ- नेकपा एकीकृत समाजवादीका सचिव राजेन्द्र राईले १०औं राष्ट्रिय महाधिवेशनमा फरक मतसहित पुरक प्रस्ताव ल्याएका छन् ।
नेता राईले एकीकृत समाजवादीको जारी बन्दसत्रमा राईले आफ्नो फरक मतसहितको राजनीतिक प्रतिवेदन सार्वजनिक गरेका हुन् । नेतृत्वमा माधव नेपाल निर्विकल्प रहेको बताउँदै राईले तत्कालीन नेकपा एमालेका महासचिव मदन भण्डारीले प्रतिपादन गरेको जनताको बहुदलीय जनवाद (जबज) लाई आत्मसाथ गर्दै आफ्नो मत सार्वजनिक गरेका हुन् ।
सो पार्टीको महाधिवेशनमा पेस गर्ने एकीकृत दस्तावेजमा जनताको बहुदलीय जनवाद (जबज) को औचित्य समाप्त भइनसकेको दाबी गरेका छन् । त्यस्तै राईले आफूलाई पहिचानको पक्षमा पनि उभ्याएका छन् । आफ्नो दस्ताबेजमा उनले पहिचानको उपदेयता नसकिएको उल्लेख गरेका छन् ।
उनले पार्टी पदाधिकारीविहीन हुनुपर्ने बताएका छन् भने एकीकृत समाजवादी पहिचानको पक्षमा उभिनुपर्ने धारणा राखेका छन् ।
उनले एमाले हुँदा भएका राजनीतिक–सैद्धान्तिक निर्णयहरूलाई निरन्तरता दिइनुको अर्थ एकीकृत समाजवादी प्रष्ट पहिचानको पक्षमा रहेको दाबी गरेका छन् ।