शान्ति प्रक्रियाका बाँकी काम नटुंगाए भोलि पछुतो मानेर हुनेवाला केही छैन : शेर्पाली

इकागज | मंसिर ३०, २०८०

काठमाडौँ- नेकपा माओवादी केन्द्रको युवा संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाइसीएल)का अध्यक्ष सुबोध शेर्पालीले शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगो लगाउन माग गरेका छन् । प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझाइसकेको भन्दै तत्काल शान्ति प्रक्रियाका बाँकी कामहरू नटुंगाए उनले थप पेचिलो हुने बताए ।

'प्रिय माओवादी कमरेडहरू ! समय अत्यन्तै निर्मम छ । हामी सबै गम्भीर बनेर जनयुद्धको कैयौं मुद्धँहरूसँग अन्तरसम्बन्धित रहेको शान्ति प्रक्रियाका बाँकी कामहरू टुंगो लगाउनुपर्नेछ । स्मरण रहोस अहिलेको सरकार निर्माणसँगै हाम्रो संगठन वाइसीएल नेपाल केन्द्रीय कार्यालयको तर्फबाट सम्माननीय प्रधानमन्त्रीज्यूलाई ज्ञापनपत्रसमेत बुझाएका थियौं'  शेर्पालीले भनेका छन् 'परिस्थितिले यो बिषय दिनानुदिन गम्भीर बन्दै गइरहेको छ । तसर्थ यस बिषयमा माओवादी घटक सबै दलहरू सरकारको नेतृत्व गरिरहेको हाम्रो पार्टी माओवादी केन्द्र त्यसका नेताहरू, मन्त्रीहरू, प्रतिनिधिसभा र राष्ट्रिय सभाका माननीयहरू एउटै स्वरमा बोल्न जरूरी भएको छ ।'

'हाम्रो एउटै लक्ष्य अभिलम्ब शान्ति प्रक्रिया टुङ्गो लगाउन अपरिहार्य भइसकेको छ । आज हाम्रो ध्यान अन्तै केन्द्रित हुँदै गर्दा भोलि पछुतो मानेर केही हुनेवाला छैन' उनले भने 'पछिल्लो घटनाक्रमहरूले शान्ति प्रक्रियाको मुद्दा थप पेचिलो बनाउँदै गएको अनुभुति भएको छ । तसर्थ शान्ति प्रक्रिया तत्काल टुंगो लगाउन सरकारको गम्भीर ध्यानाकर्षण गर्दछु ।'
 

पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा परेको छ : ओली

इकागज | मंसिर २९, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पहाडी क्षेत्रको सदुपयोग गर्न नसक्दा देश गरिबीको मारमा प...

कांग्रेस महासमितिको बैठक फागुन ७ देखि, राष्ट्रिय सभा उम्मेदवार छान्ने जिम्मा देउवालाई

इकागज | मंसिर २९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसले महासमिति बैठक फागुन ७ देखि १० गतेसम्म ललितपुरमा गर्ने निर्णय भएको छ । ...

एक समूहलाई पोस्ने गरी सरकारले नयाँ स्टक एक्सचेन्जको लाइसेन्स दिनु हुँदैन : महामन्त्री थापा

इकागज | मंसिर २९, २०८०

काठमाडौँ- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले कसैको निहित स्वार्थका लागि नयाँ स्टक एक्सचेन्जको ल...

एमालेको अभियानमा देखे प्रदीप ज्ञवालीले गाउँ युवाविहीन भएको अवस्था

इकागज | मंसिर २९, २०८०

काठमाडौँ- नेकपा एमालेका उपसमहासचिव प्रदीप ज्ञवालीले सरकारले युवा केन्द्रित कार्यक्रम नल्याए केही समयमै प...

एनसेल शेयर खरिदबिक्री प्रकरणमा सरकारको संलग्नता छ : केपी ओली

इकागज | मंसिर २८, २०८०

काठमाडौँ- नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले एनसेल शेयर खरिदबिक्री प्रकरणमा सरक...