पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्छु : प्रकाशमान सिंह

इकागज | भदौ ७, २०८१

काठमाडौँ- नेपाली कांग्रेसका नेता एवं उपप्रधान तथा शहरी विकास मन्त्री प्रकाशमान सिंहले सरकारमा रहँदा पार्टीलाई लोकप्रिय बनाउने गरी काम गर्ने बताएका छन् ।

आज कांग्रेस केन्द्रीय समिति बैठकमा आफ्नो धारणा राख्ने क्रममा उनले पार्टीको प्रतिष्ठा बढाउने र लोकप्रिय बनाउने गरि काम गर्ने बताएका हुन् । उनले पार्टीका नेता कार्यकर्तालाई सरकारलाई सफल बनाउन रचनात्मक सल्लाह र सुझाव दिन पनि आग्रह गरे । अहिले सिंहको नेतृत्वमा कांग्रेस सरकारमा सहभागी छ । 

‘सरकारमा पार्टीले जिम्मा दिएर पठाएको छ । पार्टी र पार्टीका साथीहरूको शिर उच्च हुने गरि काम गर्नेछु,’ सिंहलाई उद्धृत गर्दै बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जानकारी दिए । त्यस्तै फरक सन्दर्भमा नेता सिंहले पार्टीमा लोकप्रिय भएसम्म पार्टीको आन्तरिक चुनाव र जनतामा लोकप्रिय भएसम्म आम निर्वाचन लड्न पाउनुपर्ने मत राखेका छन् ।

कांग्रेसमा अहिले नेतृत्वको बहिर्गमनबारेको प्रस्तावमाथि आफ्नो धारणा राख्ने क्रममा उनले कार्यकर्ता र जनतामा लोकप्रिय रहँदासम्म चुनाव लड्न पाउनुपर्ने बताएका हुन् ।

कांग्रेस बैठकमा परराष्ट्रमन्त्रीको जानकारी : भारत भ्रमण सफल भयो

इकागज | भदौ ७, २०८१

काठमाडौँ- परराष्ट्रमन्त्री एवं नेपाली कांग्रेसकी केन्द्रीय सदस्य डा आरजु राणा देउवाले कांग्रेस केन्द्री...

बंगलादेशबाट फर्केका विद्यार्थीलाई देशभित्रै इन्टर्नको व्यवस्था मिलाउन पहल गर्छु - प्रचण्ड

इकागज | भदौ ७, २०८१

काठमाडौँ - पूर्वप्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले बंगलादेशबाट ...

पार्टीप्रतिको असन्तुष्टि सामाजिक सञ्‍जालमा व्यक्त नगर्न समाजवादीको निर्देशन

इकागज | भदौ ७, २०८१

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)ले आफ्ना नेताहरूलाई पार्टीप्रतिको असन्तुष्टि साम...

ढकालको दाबी : प्रतिवेदनको अपनत्व नलिएको रास्वपाले कार्यक्रम भने कार्यान्वयनको प्रयास गर्दैछ

इकागज | भदौ ७, २०८१

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का महामन्त्री डा. मुकुल ढकालले आफुले पार्टीमा पेश गरेको प्रतिव...

मुलुकमा वर्गीय विभेदको न्यूनीकरण गर्न असमान वितरण प्रणालीको अन्त्य गर्नुपर्छ : नेपाल

इकागज | भदौ ७, २०८१

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले मुलुकमा विद्यमान शोषण ...

कांग्रेसको महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप

इकागज | भदौ ६, २०८१

काठमाडौँ- नेपाली कांग्रेसले महिला विभाग र शुभेच्छुक संस्था समन्वय विभागमा सदस्य थप गरेको छ । पार्टी सभा...